शिरीष पनि कान्छो खेलाडीको सूचीमा

 शिरीष पनि कान्छो खेलाडीको सूचीमा

काठमाडौं: रियो ओलम्पिकमा नेपालबाट सहभागी पौडी खेलाडी शिरीष गुरुङ पनि आफ्नो स्पर्धाको कान्छो खेलाडीको सूचीमा देखिएका छन् । रियो ओलम्पिकमा पौडीको एक सय मिटर फ्रिस्टाइल स्पर्धामा सहभागिता जनाएका शिरीष उक्त स्पर्धामा भाग लिने कम उमेरका तेस्रो खेलाडी बनेका छन्।

रियो ओलम्पिक आयोजकले पौडीको हरेक स्पर्धामा कम उमेरको तीनतीनजना खेलाडीको नाम संकलन गर्ने क्रममा १८ वर्षीय शिरीष पनि तीनभित्र परेका हुन् ।

उक्त स्पर्धाका स्वर्ण जितेका अस्ट्रेलियाका कायले चाल्मर्स कम उमेरको खेलाडीको सूचीमा पहिलो स्थानमा छन् । चाल्मर्सले निर्धारित दूरी ४७.५८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका थिए । कम उमेरको खेलाडीको सूचीमा दोस्रो स्थानमा रहेका जोनी परेज उरेन दोस्रो स्थानमा छन् । जोनीले उक्त स्पर्धामा निर्धारित दूरी ५१.५० सेकेन्डमा पूरा गरेका थिए ।

यसैगरी तेस्रो नम्बरमा रहेका नेपाली खेलाडी शिरीषले निर्धारित दूरी ५७.७६ सेकेन्डमा पूरा गरेका थिए । शिरीषले उक्त स्पर्धामा राष्ट्रिय कीर्तिमानसमेत बनाएका थिए ।

हिट चरणबाट बाहिरिएका शिरीषले आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेका हुन् । शिरीषले आफ्नो पुरानो कीर्तिमानमा ०.४६ सेकेन्डले सुधार ल्याएका थिए । यसअघि एक सय मिटर फ्रिस्टाइल स्पर्धामा उनकै नाममा ५८.२२ सेकेन्डको कीर्तिमान थियो ।

पौडीमै नेपालको प्रतिनिधित्व गरेकी १३ वर्षीया गौरिका सिंह भने ओलम्पिकमा सहभागी एघार हजार खेलामीमध्येकै कान्छी खेलाडी बनेकी थिइन् । कान्छी खेलाडी बनेकी गौरिकाले हिट चरण पार गर्न नसके पनि उनको चर्चा विश्वभर भएको थियो । शिरीष र गौरिका ‘युनिभर्सल प्लेसेस’ कोटाअन्तर्गत रियो ओलम्पिकमा छनोट भएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.