‘दक्ष चालक नहुँदा सवारी दुर्घटना’

‘दक्ष चालक नहुँदा सवारी दुर्घटना’

दमौलीः साउन महिनामा तनहुँमा १४ वटा सवारी दुर्घटना घटे। दुर्घटनामा आठजनाले ज्यान गुमाए भने ३८ जना घाइते भए। ७२ किलोमिटर राजमार्ग ओगटेको तनहुँमा पछिल्लो समय सवारी दुर्घटना बढ्दै जाँदा आमनागरिकमा चिन्ता छाएको छ। बढ्दो दुर्घटना रोक्न प्रभावकारी कदम चालिनुपर्ने आवाज नागरिकस्तरबाट उठेको छ।

सडक छेउमा हुने दुर्घटना वृृद्धि हुनुमा चालकको हात बढी रहने भएकाले उनीहरुलाई थप जिम्मेवार बनाइनुपर्ने यातायात व्यवसायीहरु नै बताउँछन्। ‘दक्ष सवारी चालकको अभाव छ,’ तनहुँ यातायात व्यवसायी समितिका अध्यक्ष केदारनाथ घिमिरेले भने,‘दक्षता हासिल नगरेका सिकारु व्यक्तिको हातमा सवारी साधन पुग्ने गरेकाले दुर्घटना बढेको हो।’ उनले सवारी चालक अनुमति पत्र हातमा भयो भन्दैमा सबै व्यक्ति दक्ष नहुने भन्दै चालकहरुको दक्षता वृद्धिका लागि तालिमहरुको खाँचो औंल्याए।

दमौलीका बासिन्दा कृष्णप्रसाद पौडेलले धेरैजसो दुर्घटनामा चालकको लापरबाहीलाई नै प्रमुख कारण पाइएको भन्दै उनीहरुलाई समितिको पहलमा छाड्नु भन्दा बढी जिम्मेवार र कडा कारबाही गर्नुपर्ने बताए।

स्थानीय श्रृंग यातायात व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष बसन थापाले दुर्घटनापछि बढी छलफल हुने गरेको भन्दै कोही पनि आफ्नो जिम्मेवारीबाट पन्छन नहुने बताए। दुर्घटनापछि मात्र कडाइ हुने गरेको र सबै कुराको तारो व्यवसायीलाई गराइने गरेको व्यासभूमि यातायात व्यवसायी समितिका अध्यक्ष राजकुमार श्रेष्ठले गुनासो गरे। ‘दुर्घटना हुनु अघि नै सतर्कता अपनाउनु जरुरी देखिएको छ,’उनले भने।

तनहुँ ट्याक्टर व्यवसायी समितिका अध्यक्ष तुलसीराम सापकोटाले यात्रुवाहक बसले समेत सामान बोक्ने गरेकाले ओभरलोड भएर दुर्घटना हुने गरेको भन्दै यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताए।  पृथ्वी राजमार्ग बस सञ्चालक समितिका कृष्ण केसीले सिट भन्दा बढी यात्रु नचढाउन आफूहले आग्रह गरेको बताए। उनले सिट क्षमताभन्दा बढी यात्रु राखेको पाइए यातायात व्यवसायीलाई कारबाही गर्न आग्रह गरे।

प्रहरी नायब उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले दुर्घटना न्यूनिकरणका लागि आवश्यक पहल गर्न तयार रहेको भन्दै तत्काल देखिने गरी परिवर्तन ल्याउने प्रतिबद्धता जनाए। प्रहरीले मुख्य दुर्घटना हुने घुमाउरो सडकमा विपरीत दिशाबाट आएको सवारी देखिने विशेष ऐनाको व्यवस्था पहिलो चरणमा गर्ने बताएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.