पहाडी गाउँमा जाँदैनन् डाक्टर

पहाडी गाउँमा जाँदैनन् डाक्टर

घोराहीः सरकारले गाउँगाउँमा डाक्टर पठाउने योजना तयार गरिरहँदा दाङका गाउँमा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रहरुमा न डाक्टर छन् न, दरबन्दीअनुसारका स्वास्थ्यकर्मी। यही आर्थिक वर्षको बजेट भाषणमा सरकारले ‘एक गाउँ, एक डाक्टर’को अवधारण अघि सारेको थियो।

जिल्लाका स्वास्थ्य केन्द्रहरुमा सरकारले एमबिबिएस डाक्टरको दरबन्दी दिएको छ। तर, यहाँका यी केन्द्रहरुमा भने लामो समयदेखि डाक्टर छैनन्। जिल्लालाई तीन भागमा विभाजन गरेर दाङका तीन प्रमुख स्थानमा स्वास्थ्य केन्द्र छन्, ती मध्ये एउटा केन्द्रमा तीन वर्षदेखि डाक्टर छैनन्। त्यो स्वास्थ्य केन्द्र अहिले हेल्थ असिस्टेन्टको भरमा चलिरहेको छ।

पहाडी गाविसहरुका लागि पायक पर्ने स्यूजा गाविसमा स्थापित यो स्वास्थ्य केन्द्रमा डाक्टरहरु जानै मानिरहेका छैनन्। स्यूजा दाङको पहाडी गाविस हो। त्यस्तै पश्चिम क्षेत्रलाई केन्द्र बनाइएको श्रीगाउँ स्वास्थ्य केन्द्रमा भने केही महिनाअघि मात्रै डाक्टर गएका छन्। देउखुरी क्षेत्रलाई लक्षित गरी राजमार्ग लमहीमै रहेको स्वास्थ्य केन्द्रमा भने डाक्टर छन्।

पहाडी गाउँको स्वास्थ्य केन्द्रमा जिल्ला जनस्वास्थ्य कार्यालयले डाक्टर पठाउन पटकपटक प्रयास गरेपनि सफल भएको छैन। त्यहाँ जानका लागि पत्राचार गरिएका डाक्टरहरुले पहिला सेवा, सुविधा र त्यहाँको बारेमा बुझ्ने गर्छन्। बिकट पहाडी ठाउँ भएका कारण सबैले त्यहाँ जान अस्विकार गर्छन् र, आफ्नो काज, सरुवा अन्यत्रै मिलाउने प्रयास गर्छन्। ‘हामीले मन्त्रालयलाई भनिरहेका छौँ, डाक्टरहरुलाई मन्त्रालयले खटाउँछ तर, त्यहाँको सुविधा सोध्छन् र आउन मन गर्दैनन्’ जिल्ला जनस्वास्थ्य कार्यालयका एकजना अधिकृतले भने ‘अब लोकसेवाले नै दरबन्दीमा पठाउनुपर्ने हुन्छ, नत्र त, आउनै मान्दैनन्।’

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार स्वास्थ्य केन्द्रसँगै १४ वटा स्वास्थ्य चौकीमा समेत प्रमुख छैनन्। प्रमुख नभएका स्वास्थ्य चौकी अधिकास पहाडी गाउँ र भारतसँग सीमाना जोडिएका गाविस छन्। ति स्वास्थ्य चौकीमा अहेवले जिम्मेवारी निभाएका छन्। जनस्वास्थ्यको मातहतमा जिल्लामा ३ प्राथमिक स्वास्थ्यकेन्द्र र ३६ वटा स्वास्थ्य चौकी छन्।

जन स्वास्थ्य कार्यालयका शाखा अधिकृत महेन्द्रराज शर्माका अनुसार जिल्लामा स्वास्थ्यकर्मीका दरबन्दी ३ सय २० जनाको छ। ती मध्ये मध्ये २ मेडिकल डाक्टर सहित ५९ जनाको दरबन्दी रिक्त छ। स्युजा प्रथामिक केन्द्र र राप्ती उपक्षेत्रीय अस्पतालभित्रको परिवार नियोजन संस्थागत क्लिनीकमा डाक्टर दरबन्दी रिक्त छ। यो चालु वर्षको लागि २६ कर्मचारी लोकसेवामा माग गरेर पठाएको शाखा अधिकृत शर्माले वताए। उनका अनसार १४ एचए, ७ अनमी र ५ अहेवमाग गरेर लोकसेवामा पत्रचार भएको छ।

एकातिर कर्मचारीको अभावसँगै स्वास्थ्य संस्थामा कर्मचारीको अनियमितता र आथिर्क पार्दशिता र औषधिको दुरुप्रयोग र सेवागह्रीले सेवा पाउन नसकेको गुनासो पनि त्यतिकै आउन थालेका छन् । जनस्वास्थ्य कार्यालयले आर्थिक वर्ष ०७२÷०७३मा गरेको सामाजिक लेखा परिक्षणमा स्वास्थ्य संस्थाका ति कमजोरी फेला परेका हुन्। प्राथामिक स्वास्थ्य केन्द्रमा लमहीमा एम्बुलेन्स र सव बाहनको रकम नै पारदर्शी छैनन्। स्थानीयले सामाजिक लेखा परिक्षणमै त्यो रमक राख्न माग गरेपनि अस्पताल प्रशासनले तत्तकाल नै रकम सार्वजनिक गर्ने प्रतिवद्धता गरेको थियो।

डाक्टर नभएको स्युजा प्राथिमक स्वास्थ्य केन्द्रमा डाक्टर पनि डाक्टरको अभावमा गुणस्तरीय सेवा पाउन नसकेको भनेर तत्काल डाक्टरको व्यवस्था गर्न माग राखेका थिए। सैघा स्वास्थ्य चौकीमा बालबालिकाको लागि गएको बालभिटा त्यसै सडेर गएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.