छोरी हत्याको आरोपमा बाबु पक्राउ

छोरी हत्याको आरोपमा बाबु पक्राउ

पर्साः नाबालिका छोरीलाई हत्या गरेको आरोपमा पर्सा प्रहरीले बिहीबार बिहान बाबुलाई नै पक्राउ गरेको छ । पर्साको महादेवपट्टी –३ निवासी शिव मुखिया बिनलाई आप्mनै १४ वर्षीय छोरी प्रभाकुमारी मुखिया बिनलाई हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

छोरीको हत्या गरी शिव मुखिया भाग्न लागेको गोप्य सूचनाको आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताए ।

पिता शिव मुखियालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले दिएको जानकारीको आधारमा महादेवपट्टी गाविसस्थित नेपाल भारतबीचको दशगजा क्षेत्रबाट प्रहरीले प्रभाको शव बरामद गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

प्रभा कुमारीको शवलाई मुचुल्का गरी सदरमुकाम वीरगन्ज ल्याउने तयारी भएको उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

प्रभाको हत्या के–कति कारणले भएको हो ? सो बारे हालसम्म केही नखुलेको उपरीक्षक श्रेष्ठले बताए । प्रभाको हत्या गएराति भएको हुन सकिने प्रारभिक अनुसन्धानबाट देखिएको पनि उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

घटनापछि शिव मुखिया बिनको परिवारका अन्य सबै सदस्य फरार रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.