सिरहामा छुट्टाछुट्टै दुर्घटना, दुईजनाको मृत्यु

सिरहामा छुट्टाछुट्टै दुर्घटना,  दुईजनाको मृत्यु

सिरहाः सिरहामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्।

मृत्यु हुनेमा गोलबजार–७ का ७० वर्षीय चौधरी महतो र लहानका २२ वर्षीय सञ्जीव कुमार महतो रहेका छन्।

पूर्वपश्चिम लोकमार्ग अन्तर्गत गोलबजार नपा–७ मा नम्वर नखुलेको सेतो बोलेरोले स ६ प ५२७ नम्वरको मोटरसाइकललाई बिहीवार ठक्कर दिँदा त्यसमा सवार ७० वर्षीय चौधरी महतोको ज्यान गएको हो।

त्यसैगरी धनगढीमाई नपा–७ गागन खोला नजिक पश्चिमबाट पूर्वतर्फ गइरहेको स २ प ५१२४ नम्वरको मोटरसाइलको ठक्करबाट लहानका सञ्जीवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।

मोटरसाइकललाई ठक्कर दिने भारतीय बोलेरो फरार रहेको प्रहरीले जानकारी दिएको छ


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.