८६ वर्षीय वृद्ध सत्याग्रह अान्दोलनमा!
![८६ वर्षीय वृद्ध सत्याग्रह अान्दोलनमा!](https://annapurnapost.prixacdn.net/media/albums/aa-57b5b363948737.03866177_sg3XtVtsf0.gif)
जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनु पर्ने मागसहित चारजना वृद्धले सत्याग्रह आन्दोलन सुरु गर्ने भएका छन्। ८६ वर्षीय बरिष्ठ समाजसेवी कृष्णनाथ घिमिरेसहित चारजना वृद्ध नागरिकहरु शुक्रवारदेखि काठमाडौंको माइतीघरमा सत्याग्रह आन्दोलनमा बस्ने घोषणा गरेका हुन्।
काठमाडौंः जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनु पर्ने मागसहित चारजना वृद्धले सत्याग्रह आन्दोलन सुरु गर्ने भएका छन्।
८६ वर्षीय बरिष्ठ समाजसेवी कृष्णनाथ घिमिरेसहित चारजना वृद्ध नागरिकहरु शुक्रवारदेखि काठमाडौंको माइतीघरमा सत्याग्रह आन्दोलनमा बस्ने घोषणा गरेका हुन्। बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समाजले भदौ ३ गतेबाट सुरु हुने सत्याग्रह दिउँसो १ देखि ४ बजेसम्म हुने जनाएको छ।
जागरुक नागरिक समाजको आयोजनामा सुरु हुन लागेको सत्याग्रह आन्दोलनमा समाजका तर्फबाट नेपाल राष्ट्रिय शिक्षक संगठन र मुलुकको जेठो मानवअधिकारवादी संस्थाका संस्थापक अध्यक्ष ८२ वर्षीय बद्रीप्रसाद खतिवडा, ८६ वर्षीय बरिष्ठ समाजसेवी कृष्णनाथ घिमिरे, ६७ वर्षीय समाजसेवी चित्रबहादुर पुन र ७० वर्षीय बुद्धिजीवी मुकुन्द ढकाल बस्न लागेका हुन्।
कार्यक्रममा सत्याग्रहका अगुवा गर्ने मानवअधिकारवादी खतिवडाले जनताबाट निर्वाचित प्रत्यक्ष कार्यकारी प्रमुख हुनुपर्ने, मुलुकको व्ययभार घटाउनका निमित्त दुबै सभाको हालको सदस्य संख्या आधा कटौति गर्नुपर्ने, धर्मनिरपेक्षलगायत विवादलाई जनमत संग्रहद्वारा समाधान खोज्नुपर्ने सहितका १४ बुँदे माग गर्दै सत्याग्रह आन्दोलनमा बस्न लागेको बताए।
खतिवडाले भने,‘म ८२ वर्षको बुढो आज सत्याग्रहमा होमिनु परेको छ, मुलुकको राजनीतिक अवस्था अहिले अत्यन्तै चिन्ताजनक छ, हामी शान्ति र समृद्धिको पक्षमा छौं।’
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)