कांग्रेसले अपहरण गरेको विमान एक डलरमा बिक्री ! (फोटोफिचर)
तस्बिरः रजेन्द्र केसी
काठमाडौँ: चार दशकअघि १० जुन १९७३ मा तत्कालीन कांग्रेस नेतृत्वको आन्दोलनका क्रममा अपहरणा गरिएको नेपाल वायुसेवा निगमको जहाज एक डलरमा बिकी्र भएको सार्वजनिक भएको छ ।
१६ फेब्रेअरी २०१४ मा अर्घाखाँचीमा दुर्घटनामा परेको उक्त जहाज बीपी संग्रहालयमा राखिएको छ । दुर्घटनामा परेका अधिकांश जहाज कबाडीमा पुग्ने इतिहासलाई तोड्दै यो एतिहासिक जहाज बीपी संग्राहालयमा पुगेको हो ।
नेपालको महत्वपूर्ण राजनीतिक इतिहास बोकेको यो जहाजको अवशेष म्याक लरेन्स एबिएसन कम्पनीको रोहबरमा बीपी संग्रहालयमा पुगेको हो । संग्रहालयले यो जहाजलाई नेपाल वायुसेवा निगमसँग एक डलरमा खरिद गरेको सम्झौता पत्रमा उल्लेख गरिएको छ ।