गृहमन्त्री निधिले भारतीय प्रधानमन्त्री मोदीलाई शनिवार भेट्ने

गृहमन्त्री निधिले भारतीय प्रधानमन्त्री मोदीलाई शनिवार भेट्ने

काठमाडौंः उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शनिवार भेट्ने भएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष दूतका रुपमा बिहीबार भारत भ्रमणमा निस्किएका गृहमन्त्री निधिले शनिवार भारतीय प्रधानमन्त्री मोदीलाई भेट्ने कार्यक्रम रहेको छ। निधिले भेटमा प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीलाई पठाएको विशेष सन्देशसहितको पत्र हस्तान्तरण गर्नेछन्।

भ्रमणका क्रममा निधिले राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना समकक्षीलाई पठाएको नेपाल भ्रमणको निम्तोको निमन्त्रणा पत्र भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई हस्तान्तरण गर्नेछन्।

चार दिने भारत बसाइका क्रममा गृहमन्त्री निधिले नेपाल–भारत सम्बन्ध सुधारका लागि विशेष पहल स्वरुप भारतीय प्रधानमन्त्री मोदीसहित उच्चअधिकारीहरुसँग भेटवार्ता गर्नेछन्। गृहमन्त्री निधिले भारत भ्रमणका क्रममा भारतीय राष्ट्रपति प्रणब मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंहलगयातसँग उच्चस्तरिय भेटवार्ता गर्नेछन्।

भारत भ्रमणमा जानुअघि उपप्रधान तथा गृहमन्त्री निधिले भारतसँग चिसिएको द्विपक्षीय सम्बन्ध सुधारमा केन्द्रीत हुने बताएका छन्। पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै निधिले नाकाबन्दीपछि भारत र नेपालबीच असमझदारी रहेकाले त्यसलाई सुधार गर्न आफ्नो भ्रमण केन्द्रीय हुने बताए।

गृहमन्त्री निधि बिहीबार साँझ नयाँदिल्लीस्थित नेपाली राजदूतावासले आयोजना गरेको रात्री भोज कार्यक्रममा सहभागी हुनेछन्। प्रधानमन्त्री प्रचण्डले दुई छिमेकी मुलुक भारत र चीनसँग सम्बन्ध सुधारका लागि भन्दै दुई उपप्रधानमन्त्रीहरु कृष्णबहादुर महरालाई चीन र विमलेन्द्र निधिलाई विशेष दूतका रुपमा भारत पठाएका हुन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.