राखी पर्वमा बहिनीलाई शौचालय उपहार

राखी पर्वमा बहिनीलाई शौचालय उपहार

वीरगन्जः तराई मधेसमा दिदीबहिनी र दाजु भाइबीचको आत्मीय पर्वका रुपमा मनाइने रक्षा बन्धन अर्थात् राखी पर्वमा दिदी बहिनीले राखी बाँधीदिएपछि दाजु भाइले आफनो गच्छे अनुसारको लुगा कपडा, गरगहना वा नगद उपहार दिने चलन छ ।

तर, बिहीबार मनाइएको रक्षाबन्धन पर्वमा बाराका एक जना पत्रकारले आफ्नी बहिनीलाई शौचालय उपहार दिएका छन् ।  बाराको सिम्रौनगढ नगरपालिका ७ का पत्रकार रामेश्वर मेहताले बहिनीलाई रक्षाबन्धन पर्वमा शौचालय उपहार दिएका हुन् ।

बिहीबार रक्षाबन्धन पर्वको अवसरमा राखी बाँधीदिएपछि बहिनी अञ्जु चौधरीलाई उपहार दिने क्रममा मेहताले उनको घरमा चर्पी बनाइदिने प्रतिबद्धता जनाए ।

आर्थिक अवस्था दयनीय रहेको चौधरी परिवारले गाँउ नजिकको खेत र जंगलमा दिसा पिसाब गर्दै आएका छन् । ‘अन्जु मेरै साख्खै बहिनी नभएपनि तीन वर्षदेखि मलाई राखी बाँध्दै आएको छु,’ पत्रकार मेहताले भने ,‘उनको घरमा शौचालय छैन, दिसा पिसाब गर्न उनको घरका मान्छे खेत र जंगलमा जाने गर्छन्, त्यसैले राखीमा मैले उनलाई उपहारका रुपमा शौचालय बनाई दिने प्रतबद्धता जनाएको छु ।’ 

दिसा पिसाब गर्न खेत र जंगलमा जुन जोखिमपूर्ण पनि छ, सरसफाईका हिसाबले पनि ठिक होइन्’, मेहताले थपे,‘तीन महिना भित्र अन्जुको घरमा मैले शौचालय बनाइ दिन्छु ।’

सिम्रौनगढ नगरपालिकामा सञ्चालित खुल्ला दिसामुक्त अभियानलाई पनि सहयोग पुगोस भन्ने उद्देश्यले बहिनी अन्जुलाई राखी पर्वमा शौचालय  उपहार दिने निर्णय गरेको मेहताले बताए ।

‘राखी पर्वमा दिदी बहिनीले दाजुभाइको नाडीमा राखी बाँधी दिएपछि दाजुभाइले बहिनीको रक्षा गर्ने कसम खान्छन्, अनि उपहार पनि दिन्छन्’, महेताले भने ,‘बहिनीको स्वास्थ्यको रक्षा नै उनको रक्षा हो भन्ने मलाई लाग्छ , त्यसैले शौचालय  उपहार दिएको छु ।’

  राखी पर्वमा मेहताले शौचालय उपहार दिने बताएपछि अन्जु निक्कै खुशी भएकी छन् । ‘शौचालय बनेपछि अब बाहिर शौच गर्न जानु पर्दैन’, उनले भनिन्, ‘मेहता जस्ता दाजु सबैले पाउन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.