महिलाका नाममा जग्गा पास २६ प्रतिशत

महिलाका नाममा जग्गा पास २६ प्रतिशत

रोल्पाः जिल्ला मालपोत कार्यालयबाट आर्थिक वर्ष २०७२/७३ मा पारित भएका रजिस्ट्रेसनमध्ये करिब २६ प्रतिशत महिलाका नाममा भएको देखिएको छ ।

आव २०७२/७३ मा कुल पारित रजिस्ट्रेसन चार हजार एक सय ३६ मध्ये एक हजार ९४ वटा महिलाको नाममा भएको छ । यस्तै आव २०७१/७२ मा पारित कुल चार हजार तीन सय ३१ रजिस्ट्रेसनमध्ये एक हजार एक सय ४५ रजिस्टसन महिलाका नाममा भएको कार्यालयका नासु प्रदीप घर्ती मगरले जानकारी दिए ।

विगतमा घर घडेरी तथा जग्गा मालपोत कार्यालयबाट रजिस्ट्रेसन गर्दा पुरुषको नाममा मात्रै गराउने चलन हुँदा अचल सम्पत्तिमा महिलाको पहुुँच निकै कम देखिएको छ । महिलाको नाममा समेत जग्गा रजिस्ट्रेसन हुनुपर्ने माग उठ्न थालेपछि सरकारले नीति तथा कार्यक्रममार्फत महिलाको नाममा जग्गा रजिस्ट्रेसन गर्दा २५ प्रतिशत राजस्व छुट दिने व्यवस्था गरेका कारण जग्गा खरिद गर्दा महिलाको नाममा पास गर्ने क्रम बढेको हो ।

यसैगरी आव २०७१/७२ मा दलित र अपांगको नाममा रजिस्ट्रेसनको अवस्था शून्य देखिएको छ भने आव २०७२/७३ मा दलितको नाममा पाँच तथा अपांगको नाममा चारवटा रजिस्ट्रेसन भएका छन् ।

मालपोत कार्यालयले आव २०७२/७३ मा अंशबन्डा चार सय १०, सट्टापट्टा दुई, अंशभर्पाइ दुई सय ६२, शेषपछिको बकसपत्र २८, हालैको बकसपत्र एक सय ४३, दृष्टिबन्धक दुई सय ८८ वटा सम्पादन गरेको छ । यसैगरी नामसारी ६ सय ७९ र दानपत्र रजिस्ट्रेसन २४ वटा गरेको कार्यालयले जनाएको छ ।

रजिस्ट्रेसनबापत आव २०७२/७३ मा एक करोड ६९ लाख ९२ हजार राजस्व संकलन भएको छ । अघिल्लो आवमा एक करोड ६० लाख ६३ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.