ट्वीटरले बन्द गर्यो साढे दुई लाख एकाउन्ट
सामाजिक सञ्जाल ट्वीटरले झन्डै दुई लाख पचास हजार एकाउन्ट बन्द गराएको छ । चरमपन्थी तथा आतंकवादी गतिविधि बढेका कारण त्यससँग सम्बन्धित रहेका एकाउन्ट बन्द गराउएको ट्वीटरको दाबी छ ।
ट्वीटरले संदिग्धको आरोपमा कारबाही स्वरुप एकाउन्ट बन्द गरेको यो दोस्रो पटक हो ।
गत फ्रेबुअरीमा पनि ट्वीटरले एक लाख भन्दा बढी एकाउन्ट बन्द गराएको थियो । त्यो बेला ट्वीटरले इस्लामिक स्टेटसँग सम्बन्धित अधिकांश एकाउन्ट बन्द गराएको बताएको थियो ।