आईपीओ ल्याउने कम्पनी घट्दै

आईपीओ ल्याउने कम्पनी घट्दै

काठमाडौंः बैंक र बिमा कम्पनीको नयाँ लाइसेन्स बन्द गरिएपछि आईपीओ निष्कासन गर्ने कम्पनी पनि घट्न थालेका छन् । पछिल्लो समय माइक्रोफाइनान्स कम्पनीले आइैपीओ निष्कासन गर्ने लहर चलेको थियो, अब त्यो क्रम पनि घट्ने भएको छ । किन भने राष्ट्र बैंकले माइक्रोफाइनान्सको पनि नयाँ लाइसेन्स रोकेको छ । पाइपलाइनमा रहेका केही माइक्रोफाइनान्स कम्पनीले मात्र अब आईपीओ ल्याउने छैन् ।

राष्ट्र बैंकले बैंक तथा फाइनान्स कम्पनीको दर्ता रोकेकाले अब नयाँ बैंकको आईपीओ (साधारण सेयर) आउने अवस्था छैन । बिमा कम्पनीको पनि नयाँ लाइसेन्स बन्द छ । नयाँ कम्पनीलाई खुला नगरेसम्म बिमाको पनि आइपीओ आउन छैन ।

बिमा र बैंकको लाइसेन्स बन्द गरिएकाले यतिबेला धितोपत्र बोर्डमा आईपीओ निष्कासन गर्न अनुमति माग्ने कम्पनी पनि घटेका छन् । विगतमा सधैं औसतमा पाँच अर्बभन्दा बढीको आईपीओ पाइपलाइनमा हुने गरेको थियो । अहिले धितोपत्र बोर्डमा आईपीओ निष्कासन गर्न अनुमति माग्ने कम्पनीको संख्या जम्मा ६ वटा छन् । यी पनि सबै जलविद्युत् कम्पनी छन् ।

जलविद्युत् कम्पनीलाई भने सरकारले धमाधम लाइसेन्स दिइरहेको छ । ऊर्जा उत्पादन बढाउन नयाँ कम्पनी खुल्नेक्रम जारी छ । पुँजी बजार नियामक धितोपत्र बोर्डमा पनि आईपीओ ल्याउन आवेदन दिने सबै जलविद्युत् कम्पनीमात्रै छन् । बोर्डका अनुसार हाल ६ वटा जलविद्युत् कम्पनीले आईपीओ निष्कासन गर्न बोर्डमा आवेदन दिएका छन् ।

कुल ७० करोड ८५ लाख ४१ हजार सात सय रुपैयाँको ७० लाख ८५ हजार चार सय १७ कित्ता आईपीओ निष्कासन गर्न आवेदन परेको छ । आईपीओ निष्कासन गर्न अनुमति माग्नेमा हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर, युनाइटेड मोदी हाइड्रोपावर, आँखु खोला हाइड्रोपावर, अरूण काबेली र छ्याङदी हाइड्रोपावर छन् ।

यी कम्पनीमध्ये अरूण काबेलीबाहके बाँकी सबैले स्थानीयका लागि आईपीओ ल्याउन लागेका हुन् । स्थानीयबासिन्दालाई बिक्री गरेपछि फेरि सर्वसाधारणमा सेयर बिक्री गर्न यी कम्पनीले आवेदन दिनेछन् ।

पछिल्लो समय सर्वसाधाणमा सेयरप्रति आकर्षण बढ्दो छ । दोस्रो बजारमा सेयरको भाउ निकै माथि पुगिसकेकाले पनि फाइदा हुन्छ भन्ने सन्देश सर्वसाधारणमा प्रवाहित हुँदा यसअघि आईपीओ निष्कासन गरेका कम्पनीमा एक सय गुणाभन्दा बढीको आईपओ आवेदन पर्दैआएको छ ।

यसबाहेक विद्यार्थी र गृहिणीलाई पनि सामान्य आयआर्जनको माध्यम सेयर बजार भएको छ । दोस्रो बजारमा जोखिम लिन नसक्नेले प्राथमिक बजार रोज्ने विश्वव्यापी प्रचलन पनि हो । सेयरलाई मनोविज्ञानको बजारका रूपमा पनि चिनिन्छ । आईपीओमा यतिबेला मागको तुलनामा सयौं गुणा बढी आवेदन पर्नुमा बजारमा बैंकमा अधिक तरलता हुनु पनि प्रमुख कारण हो । सानामात्र होइन, दोस्रो बजारमा करोडौं रुपैयाँका कारोबारीसमेत आईपीओमा ठूलो लगानी गरिरहेका छन् ।

किन भने उनीहरूलाई बैंक तथा वित्तीय संस्थाले यतिबेला निकै सस्तो ब्याजदरमा ऋण दिइरहेको छ । बैंकबाट सस्तो ब्याजदरमा ऋण लिएर गरेको लगानीले आईपीओमा मनग्ये आम्दानी हुने अवस्था छ । बैंकको पैसा सस्तोमा चलाउन पाउँदा पनि सेयरमा धेरै गुणा रकम आवेदन परेको हो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.