‘औपचारिक कार्यक्रममा दौडधूप गर्दिन, सिंहदरबारमै बसेर परिणाम निकाल्छु’

‘औपचारिक कार्यक्रममा दौडधूप गर्दिन, सिंहदरबारमै बसेर परिणाम निकाल्छु’

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सिंहदरबारमै बसेर परिणाम निकाल्ने गरी काम गर्न चाहेको बताएका छन्।

बधाई तथा शुभकामना दिन आएको सिन्धुलीको टोलीसँग शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा भएको भेटमा प्रधानमन्त्रीले भने,‘धेरै औपचारिक कार्यक्रममा जाने सोचेको छैन। सिंहदरबारमै बसेर सरकारका कामको निरीक्षण तथा अनुगमन गरी परिणाम निकाल्न चाहेको छु।’

प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन गरेर निर्वाचनको प्रक्रियामा जाने वातावरण बनाउन आफू लागि परेको बताए। प्रधानमन्त्रीले भने, ‘संविधान संशोधनको प्रस्ताव दर्ता गरेर स्थानीय तहको निर्वाचनतिर जाँदैछौं। यसले देशमा राजनीतिक स्थिरताको वातावरण निर्माण गर्नेछ।’

प्रधानमन्त्री प्रचण्डले चीन र भारतसँग सन्तुलित कुटनीतिक सम्बन्धका लागि उच्चस्तरीय दूत पठाएको भन्दै आन्तरिक र बाह्य राष्ट्रियतालाई एकीकृत गर्नु आफ्नो दायित्व भएको बताएको प्रचण्डको निजी सचिवालयले जनाएको छ।

भेटमा सिन्धुलीको टोलीले भूकम्पपीडितका लागि राहत रकम थोरै भएको भन्दै राहत रकम वृद्धिका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.