मैदाका परिकार बढी खाएमा हुनसक्छन् ६ समस्या

मैदाका परिकार बढी खाएमा हुनसक्छन् ६ समस्या

मैदाबाट बनेका अधिकांश खाद्य पदार्थ हामीले दैनिक खाइरहेका हुन्छौं । अधिकांश खाद्य पदार्थ डीप फ्राई गरेर तयार पारिएको हुन्छ । यसरी तयार पारिएका खाद्यान्न बढी खाएमा स्वास्थ्यका लागि बढी हानिकारक हुन्छ ।

गहुँलाई मसिनो मैदा बनाउन धेरै पटक पिस्ने गरिन्छ । यसरी पिस्दा राम्रो मैदा हुने भएपनि त्यहाँ भएको सम्पूर्ण पोषक तत्व नष्ट हुन्छ भने त्यसमा रहेको फाइबर पनि नष्ट हुन्छ ।

फाइबरको अभावमा मैदाबाट बनेका परिकार पेटका लागि हानिकार सावित हुन्छन् । यसका साथै मैदालाई ब्लीच गर्नका लागि बेन्जोइल पेराक्साइडको प्रयोग गरिन्छ । यो रसायनको बढी प्रयोग भएमा मानिसलाई क्यान्सरको पनि समस्या हुन सक्छ । त्यसैले स्वास्थ्यलाई राम्रो बनाउन बढी मैदाबाट बनेका परिकार खानु हानिकारक छ ।

मैदाबाट बनेका परिकार बढी खाएका यस्ता समस्या आउन सक्छन्–

मोटोपन बढाउँछ ।
कब्जियतको समस्या बढ्छ ।
मैदामा भएको ग्लूटनले फूड एलर्जी हुने खतरा बढाउँछ ।
हाड तथा जोर्नी कमजोर हुन्छ ।
रोग प्रतिरोधी क्षमता कमजोर बनाउँछ ।
मधुमेह रोगको खतरा बढ्छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.