हास्य कलाकारको गाईजात्रे तारोमा प्रचण्ड, शेरबहादुरदेखि केपी ओलीसम्म

हास्य कलाकारको गाईजात्रे तारोमा प्रचण्ड, शेरबहादुरदेखि केपी ओलीसम्म

काठमाडौंः हास्य कलाकारहरुले विगतझै यो वर्षपनि धुमधामका साथ गाईजात्रा मनाउने भएका छन्। उनीहरुले यसपटक पनि गाईजात्रे व्यंग्यमा नेतादेखि विभिन्न पात्रहरु रोजेका छन्। उनीहरुको तारोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवादेखि एमाले अध्यक्ष केपी अोलीसम्मका नेताहरु परेका छन्।  गाईजात्रा कार्यक्रम अघिल्लो वर्षझै यसवर्ष पनि चलिरहेको छ।

शुक्रबार गाईजात्राको अवसरमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष कार्याक्रममा देशका चर्चित हास्य कलाकारहरूले आफ्नो प्रहसन गरेका छन्। कार्यक्रममा चर्चित हास्यकलाकार मनोज गजुरेलले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको कार्यशैलीको सन्र्दभलाई उल्लेख गरे। उनले प्रमुख आयुक्त कार्कीलाई अब ठूला माछा समात्ने गरी काम गर्न व्यंग्यात्मक रुपमा सुझाव दिएका छन्। 

गजुरेलले पत्रकार ऋषि धमला धेरै आवाज निकाल्ने व्यक्तिको रुपमा चिनिएको बताए। अर्का कलाकार शैलेन्द्र सिंखडाले गाईजात्राले नेपाली सभ्यतालाई जिउँदो राख्ने काम गरेको र गाईजात्राले पछिल्लो समयमा विशाल आकार लिएको बताए। सिंखडाले नेपाली नेताहरुको चरित्रमाथि व्यंग्य गरेका थिए।

यस्तै अर्का चर्चित कलाकार दिपकराज गिरीले प्रचण्ड र ओलीको गठबन्धन टुटेपछि उत्पन्न भएको राजनीतिक तरंगलाई आफूहरुले गाईजात्रे प्रस्तुति बनाएको जनाए।

कार्यक्रममा व्यंग्य गर्दै उनले भने,‘शेरबहादुर देउवाले प्रचण्डलाई प्रधानमन्त्री बनाएका हुन् कि गर्भवति बनाएका हुन्, ९ महिनाको लागि भनिएको छ नि?’
कलाकार दिपाश्री निरौलाले देशमा जारी गतिरोधलाई अन्त्य गर्न सबै मिल्नुपर्ने बताइन्। कलाकार किरण केसीले कलाकारहरूले पर्दशन गर्ने शैली र विषय समाजलाई सम्बोधन गर्ने खालको हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा अर्का चर्चित हास्यकलाकार जितु नेपालले कोही पहाडी, कोही मधेसी छैन हामी सबै नेपाली हाैं भन्ने गहिरो भावले सिञ्चित भएपनि यहाँ व्यक्तिगत र दलगत स्वार्थका लागि मरिहत्ते गर्ने गलत प्रवृतिले देशको भविष्य धरापमा परेको भन्दै चिन्ता गरेका थिए।

धमलाको प्रश्नले भन्दापनि उत्तरले सही भूमिका खेल्नुपर्छ भन्ने कुरा बताउँदै कलाकार नेपालले पत्रकार ऋषि धमलाको बारेमा व्यंग्य गर्दै भने,‘करिश्मा मानन्धरजीलाई ऋषि जीले प्रश्न गर्नुभयो, कश्मिाजी तपार्इँले छोरी पाउनु भयो, छोरा किन पाउनु भएन? भन्दिनुहोस्, जनता जान्न चाहन्छन्।’

अर्का कलाकार दमन रुपाखेतिले पनि ऋषि धमला र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवावीचको वार्तालापलाई व्यङ्ग्यात्मक प्रस्तुति पस्केका थिए। कलाकार शिवहरि रिजाल (जोगिन्दर)ले नेपालको संविधानप्रति भारतले देखाएको चरित्रलाई व्यंग्य प्रहार गर्दै भने,‘भारत चियावाला हो र नेपाल खुकुरीवाला हो।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.