मापसे र लेन अनुशासन कक्षा अब टेलिभिजनमार्फत!

मापसे र लेन अनुशासन कक्षा अब टेलिभिजनमार्फत!

काठमाडौं: महानगरीय ट्राफिक प्रहरी महाशाखाले मादक पदार्थ सेवन र लेन अनुशासन उल्लघंन कक्षा अब स्मार्ट टेलिभिजनमार्फत लिने भएको छ। यस अगाडि प्रोजेक्टरमार्फत कक्षा लिँदै आएको महाशाखाले आइतबारदेखि टेलिभिजनमार्फत कक्षा सञ्चालन गर्न लागेको हो।

महाशाखाका प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालले प्रोजेक्टरमार्फत कक्षा सञ्चालन गर्दा प्रोजेक्टर तात्ने, घाम लागेर टल्कने जस्ता समस्या भएकाले टेलिभिजनमार्फत कक्षा सञ्चालन गर्न लागेको जानकारी दिए। उनले भने,'मापसे र लेन अनुशासन सम्बन्धी दैनिक ६ घन्टा कक्षा लिन्छौं, कक्षा लिँदा प्रोजेक्टर तात्ने हुँदा समस्या परेकाले टेलिभिजनमार्फत कक्षा लिन लागेका हौं।'

महाशाखामा टेलिभिजन मार्फत कक्षा सञ्चालन गर्नका लागि ५८ इन्चको एलिडि टेलिभिजन जडान गरिएको छ। महाशाखाले बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म कक्षा सञ्चालन गर्दै आएको छ।

महाशाखाले हाल दैनिक लेन अनुशासन उलङ्घन सम्बन्धी ६ र माधक पदार्थ सेवन सम्बन्धी दुईवटा कक्षा लिँदै आएको छ। अहिले लेन अनुशासन उलङ्घन दैनिक ५०० जना र मापसे दैनिक १०० जनालाई कक्षा लिँदै आएको महाशाखाले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.