भारतीय विपक्षी नेत्री सोनिया गान्धी अस्पताल भर्ना

भारतीय विपक्षी नेत्री सोनिया गान्धी अस्पताल भर्ना

नयाँ दिल्लीः भारतीय संसदमा प्रमुख विपक्षी नेत्री सोनिया गान्धी अस्वस्थ भएपछि अस्पताल भर्ना भएकी छन् ।

पुनः अस्वस्थ भएपछि राजधानी नयाँ दिल्लीको गंगाराम अस्पतालमा बिहीबार साँझ भर्ना गरिएको भारतीय सञ्चार माध्ययमले जनाएका छन् ।

भारतको एक प्रमुख अस्पतालका रुपमा रहेको सो गंगाराम अस्पतालमा उनी उपचारका लागि केही दिन बस्नुपर्ने भएको चिकित्सकले बताएका छन् ।

सो अस्पतालका एकजना चिकित्सकले आफ्नो नाम नबताउने शर्तमा भने, ‘हामीले उहाँलाई अस्पताल भर्ना गरेका छौँ र उहाँलाई फिजियोथेरापी गराउनुपर्ने भएको छ ।’

उनले गान्धीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भएको जानकारी पनि दिए । तर रोगका बारेमा भने विस्तृतमा केही बताएका छैनन् ।

उनी गत आइतबार मात्र सोही अस्पतालबाट डिस्चार्ज भएकी थिइन । उनलाई हातमा घाउ भएकोले चोटको फिजियोथेरापी गराइएको थियो ।

उनी पुनः सोही अस्पतालमा बिहीबार साँझ भर्ना भएपछि उनको स्वास्थ्यप्रति चिन्ता बढेको पाइएको छ । सोही कारण अस्पताल परिसरमा ठूलो सङ्ख्याका नागरिकको भिड लागेको छ ।

उनको पाखुराको हाड चर्किएको पाइएको चिकित्कको भनाई छ । सोही कारणले ज्वरो आएको भन्दै गत हप्तामात्र उहाँलाई सोही अस्पतालमा भर्ना गरिएकोमा १० दिनको अस्पताल बसाई पछि आइतबार डिस्चार्ज भएकी थिइन ।

बिहीबार उनलाई भर्ना गरिएको र उनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आइरहेको सो अस्पतालका चिकित्सकले जनाएका छन् ।

उनले भने– फिजियोथेरापी सुरु गरिएको छ, ज्वरो आउने वा त्यस्तो कुनै गाह्रो भने भएको छैन ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.