उपप्रधानमन्त्री निधि र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

उपप्रधानमन्त्री निधि र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौंः उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतीय विदेशमन्त्री शुष्मा स्वराजबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालको विशेषदूतका रुपमा बिहीबार भारत भ्रमणमा पुगेका गृहमन्त्री निधिले शुक्रवार भारतीय विदेशमन्त्री स्वराजसँग भेटवार्ता गरेका हुन्।

गृहमन्त्री निधि र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले ट्वीटरमार्फत सार्वजनिक गरेका छन्।

यसअघि गृहमन्त्री निधिले भारतीय गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका थिए। चार दिने भारत भ्रमणका क्रममा गृहमन्त्री निधिले भारतीय राष्ट्रपति प्रणब मुखर्जी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्च अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

गृहमन्त्री निधिले शनिवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम छ। मोदीसँगको भेटका क्रममा गृहमन्त्री निधिले प्रधानमन्त्री प्रचण्डले पठाएको विशेष सन्देशसहितको पत्र हस्तान्तरण गर्नेछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.