कांग्रेसले आइतबारसम्म मन्त्रीको नाम टुंगो लगाउने

कांग्रेसले आइतबारसम्म मन्त्रीको नाम टुंगो लगाउने

काठमाडौंः नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले आइतबारसम्म पार्टीले मन्त्रीमण्डलमा सहभागी हुनेको नाम टुंगो लगाउने स्पष्ट पारेका छन्।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा खतिवडाले नेविसंघको महाधिवेशनका कारण पार्टीबाट मन्त्रिमण्डलमा सहभागी हुने मन्त्रीहरुको नाम पठाउन ढिलाइ भएपनि अब आइतबारसम्म त्यसको टुंगो लाग्ने बताएका हुन्।

उनले पार्टीभित्र भागबन्डाको राजनीति गर्न नहुने बताए। खतिवडाले भने,‘महाधिवेशन सकिएलगत्तै भागबण्डाको राजनीति अन्त्य भैसकेको छ, अब हार्नेले माग्ने र जित्नेले दिने कुरा पार्टीभित्र गर्नुहुँदैन।’

संविधान संशोधनमा बजारमा हल्ला भएजस्तो एमालेले सहयोग नगर्ने भन्ने कुरामा आफूलाई विश्वास नलागेको खतिवडाले बताए। उनले भने,‘एमालेपनि जिम्मेवार पार्टी हो, मलाई लाग्छ एमाले संविधान संशोधनमा बाधक बन्दैन्।’

कांग्रेस–माओवादी केन्द्र र मधेशी मोर्चावीच भएको तीन बुँदे सहमति लगभग कार्यान्वयन भैसकेको खतिवडाले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.