नवलपरासीमा कार र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

नवलपरासीमा कार र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

नवलपरासीः नवलपरासीमा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको अरुणखोलामा शुक्रवार बिहान कार र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा परी नवलपरासी बर्दघाट–३ का ३५ वर्षीय दीपेन्द्र चौधरी र पञ्चराम कुमालको घटनास्थलमै मृत्यु भएकोे प्रहरीले जनाएको छ।

बुटवलतर्फ आउँदै गरेको बा १२ च ३९६७ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको ना १५ प ६५९३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। ठक्कर दिने कारलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.