चर्चामा पश्चिमेली थेगोले भरिएको तीज गीत ‘मिर्मिजालैमा’

चर्चामा पश्चिमेली थेगोले भरिएको तीज गीत ‘मिर्मिजालैमा’

यो तीजमा रट्टै
भाइ आएमा चट्टै माइत जाने मन छ
मिर्मिजालैमा ।
पोहोर साल रट्टै गइन मत चट्टै
आएन भाइ लिन
मिर्मिजालैमा ।
तीजलाई लक्षित गरेर सुमन सागरजंग केसीले ल्याएको गीत हो यो । उनको गीतको नाम ‘मिर्मिजालैमा’ दिएका छन् । विगत केही वर्षदेखी तीजको गीत गाउने क्रममा देखेका विकृतिको कारण अवाक भएर आफूले यस्तो गीत निकालेको उनको भनाइ छ ।

सुमन भन्छन्, ‘गीत भनेको सभ्य, शिष्ट र सांस्कृतिक पहिचान बोकेको हुनुपर्छ । तर आजकालका गीतहरु मनपरी भएकाछन् ।’ त्यस्तै, तीजका गीत यसरी पनि गाउँन सकिन्छ है भन्ने खालको सन्देश दिनलाई पनि आफूले यो गीत ल्याएको उनको तर्क छ ।

उनले रट्टै, चट्टै पश्चिमा थेगो लगाएर तीजको गीत गाएकाछन् । यो गीतमा परम्परागत पश्चिमको थेगोहरु लगाएको केसीले बताए । ‘हामीसँग निकै राम्रा संस्कृतिछन्, राम्रा कुराको अनुसरण गर्नुपर्छ । राम्रा कुरालाई स्थान दिनुपर्छ,’ उनले भने ।

उनले पहिला नै लोक गीत, कमेडी गीत,  पप गीत गाइसकेका छन् । तीज गीत भने उनको पहीलो हो । गीतमा उनलाई टीका पुनले साथ दिएकी छन् भने शब्द शान्ता पन्थीले दिएकी हुन् । लय भने चिरन्जिवी अर्थालले दिएका हुन् ।

वी मानव आर्ट स्टुडियोको संचालक रेहका केसीको गीतको भिडियोमा आमा समूहका कलाकारले अभिनय गरेकाछन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.