प्रकोपपीडित पीडै पीडामा

प्रकोपपीडित पीडै पीडामा

काठमाडौँः प्रकोपपीडित वर्षौसम्म निरन्तर बहुपक्षिय पीडाले थिचिएको एउटा अध्ययन प्रतिवेदनले औंल्याएको छ । विश्व मानवता दिवसको अवसरमा राजधानीमा सार्वजनिक गरिएको प्रतिवेदन अनुसार वर्षौअघिका प्राकृतिक प्रकोपका पीडित अहिले पनि पीडामै छन् । उनीहरुसंग अझै बस्ने घर, रोजगारी र जिउने आधार छैन ।

आठ वर्ष अघि कोशी बाढीपीडित अहिले पनि घरबार बिहीन छन् । अक्फाम नेपाल र हामी (ह्युमनिटेरियन अकाउन्टेबलिटी मोनिटरिङ इनिसिएटिभ्स) ले देशभरीका प्रकोप पीडितसम्म पुगेर गरेको अध्ययनको प्रतिवेदन सार्वजनिक कार्यक्रममा विमलादेवी यादवले भनिन्, ‘हामीसंग अहिले पनि घर छैन । उत्पादनमूलक जमिन सबै बाढीले बगायो खानै धौधौ छ,’

दुई वर्षअघिको सुर्खेत बाढीपीडित सहबहादुर खड्काले भने, ‘घर खेत सबै बाढीले बगायो । अहिले पनि अस्थायी शिवीरमा बसेका छौं । घरका परिवार बिरामी भइरहन्छन्,’ उनले सुर्खेत बाढीमा दुई दिनसम्म रुखको हांगामा झुण्डिएका ज्यान जोगाएका थिए । आफ्नो सात जनाको परिवार अहिले पनि समस्या झेलिरहेको उनले बताए । त्यस्तै भोटेकोशी बाढी पीडित बाढीको क्षतिसँगै भूकम्पको झन ठूलो असर सहन बाध्य भए ।

प्रतिवेदनमा पीडितले प्रकोपपछि विभिन्न समस्या एकसाथ सामना गर्नुपर्ने अवस्था आएको बताए । भूकम्प प्रभावित जिल्लामा केन्द्रित गरी गरिएको अध्ययनलेपीडितलाई मनोवैज्ञानिक परामर्शसमेत आवश्यक भएको उल्लेख छ । हामीका कन्भेनर मीनबहादुर शाहीले पीडितको सहयोग, पुननिर्माणका लागि सबै संघसंस्था तथा राष्ट्रिय अन्तर्राष्ट्रिय निकाय सक्रिय हुनुपर्ने आवश्यकता औंल्याए ।

उनले पुननिर्माण सुस्त गतिमा अघि बढ्दापीडित झन् पीडामा परेको अनुभव सुनाए । कार्यक्रममा सहभागी पीडितले सरकारले पुननिर्माण र सहयोगमा वेवास्ता गर्दा झन ठूलो समस्या सृजना भएको बताए । उनीहरुले सरकारले सहयोग गर्ने भनेपछि पीडित संधै पीडामै रहेको र उनीहरुले वास्तविक सहयोग नपाएका उदाहरण प्रस्तुत गरे । सुर्खेतका अर्का बाढी पीडितले सहयोगका नाममा एकै घरमा एक महिनामा २५ वटासम्म दांत माझ्ने ब्रस प्राप्त गरेको तथ्य प्रस्तुत गरे ।

पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक शुसील ज्ञवालीले प्राधिकरणले पुननिर्माणको काम अघि बढाउन विभिन्न नीति नियम तथा मापदण्ड बनाउने काम अन्तिम चरणमा पुर्याएको बताए । उनले संसदमा रहेको पुननिर्माणसम्बन्धी बिधेयक छिटो पारित गर्न आवश्यक भएकोमा पनि जोड दिए । उनले परम्परागत बस्तीको पुननिर्माणका लागि मापदण्ड बनाएर चांडै काम थाल्ने आश्वासन दिए ।

अध्ययन अनुसार, नेपालमा वर्षेनी औषत पांचसय व्यक्तिको विभिन्न प्रकारका प्रकोपका कारण ज्यान जाने गरेको छ । पछिल्लो समय नेपालमा बाढी पहिरो, अतिबृष्टीका कारण धेरै विस्थापित भएका छन् । प्राकृतिक प्रकोपका कारण नेपालमा विस्थापित हुने सर्वसाधारणको संख्या हरेक वर्ष बढिरहेको गृह मन्त्रालयको तथ्यांक छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.