आईईएलटीएस दिने विद्यार्थीलाई सजिलो

आईईएलटीएस दिने विद्यार्थीलाई सजिलो

काठमाडौंः उच्चशिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीका लागि अंग्रेजी भाषाको दक्षता परीक्षण गर्ने इन्टरनेसनल इङ्लिस टेस्टिङ सिस्टम (आईईएलटीएस) परीक्षा सञ्चालन गर्न नेपालमा नयाँ संस्था थपिएको छ ।

यससँगै आईईएलटीएसको तयारीमा बसेका विद्यार्थीलाई फाइदा पुग्ने भएको छ । यसअघि ब्रिटिस काउन्सिल नेपालले मात्र यस्तो परीक्षा सञ्चालन गर्दै आएको थियो ।

काउन्सिलले जस्तै परीक्षा सञ्चालन गर्ने गरी आईडीपी एजुकेसन नेपाल नामक संस्थाको शुक्रबार उद्घाटन गरिएको हो । पछिल्लो समय नेपालबाट उच्चशिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीको संख्या बढिरहेका कारण आईईएलटीएसको परीक्षा दिन ब्रिटिस काउन्सिलमा दर्ता गर्न नपाएर भारतसम्म पुग्नुपर्ने बाध्यता छ ।

आईडीपीले अब सहज रूपमा आईईएलटीएसको दर्ता र परीक्षा नेपालमै पाइने दाबी गरेको छ । कार्यालय उद्घाटन समारोहमा संस्थाका साउथ एसिया, नर्थ अमेरिका तथा बेलायतका क्षेत्रीय निर्देशक हर्मित पेन्टलले आईडीपीले आईईएलटीएसको तयारी कक्षा र परीक्षा सञ्चालनमा विद्यार्थीलाई विश्वस्तरको सेवा प्रदान गर्ने बताए । विश्वभर नौ हजारभन्दा बढी संस्थाले आईईएलटीएसको परीक्षा सञ्चालनको मान्यता पाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.