कोरियाले माग्यो कामदारसँग १६ थरी विवरण

कोरियाले माग्यो कामदारसँग १६ थरी विवरण

काठमाडौं दक्षिण कोरियाले नेपाली कामदार गैरकानुनी रूपमा बस्ने क्रम बढेपछि त्यस्ता व्यक्तिलाई पत्ता लगाउन सम्भव भएसम्मका सबै विवरण पठाउन नेपालमा पत्राचार गरेको छ । कोरियाले जुनसुकै बेला जसरी पनि पत्ता लगाउन सकिने गरी कामदारसँग सम्बन्धित सम्पूर्ण विवरण माग गरेको हो । कोरियाले कामदारको १६ प्रकारको विवरण तोकेरै पठाउन भनेको छ ।

आवश्यक परेका बेला नेपालको जुनसुकै ठाउँमा भए पनि पत्ता लगाउन सकिने गरी विवरण मागिएको सम्बद्ध स्रोतले जानकारी दिएको छ । अब कोरियाले १६ थरीका विवरण उपलब्ध नगराएसम्म कामदारलाई भिसा पनि नदिने भएको छ । लेबर कन्ट्याक्ट आइसकेका कामदारको भटाभट विवरण माग्न थालेपछि नेपालस्थित ईपीएस कार्यालयले पनि आवश्यक सबै विवरण उपलब्ध गराउन जाने तयारीमा रहेका कामदारलाई निर्देशन दिएको छ । कोरियाको अध्यागमन विभागले कामदारको ‘डिटेल कन्ट्याक्ट’ माग गरेको ईपीएस कार्यालयले जानकारी दिएको छ ।

कोरियाले जाने कामदारको डिटेल विवरण माग्नुको औपचारिक र स्पष्ट कारण भने खुलाएको छैन । कारण नखुलाए पनि गैरकानुनी रूपमा नेपाली कामदार त्यहाँ बस्ने क्रम बढेपछि ‘टेस आउट’ गर्ने नयाँ रणनीति अवलम्बन गरिएको सम्बद्ध अधिकारीको भनाइ छ । कोरियाको अध्यागमनले मागेपछि ईपीएस कोरिया शाखाले अहिलेसम्म लेबर कन्ट्याक्ट आएका सात सय कामदारको विवरण पठाइसकेको छ । यो साता पनि कोरियाले थप जाने तयारीमा रहेकाको विवरण मागेको छ ।

कोरियाले मागेको प्रमुख विवरणमा कामदारको पूरा नाम, ठेगाना, निकनेम, सम्बन्धित व्यक्ति यसअघि कुनै मुलुकमा गएको छ वा छैन, छ भने कुनकुन देशमा गएको छ, त्यसको विवरण भर्नुपर्नेछ । यसैगरी कुन मुलुकमा कति वर्ष बस्यो, कहिले फर्कियो भन्ने विवरण लेख्नुपर्छ । नेपालमा सम्बद्ध व्यक्तिको निकटको व्यक्ति, नातेदारको नाम, ठेगाना भरेर पठाउनुपर्ने भएको छ । यस्तै, जाने कामदारले कति पढेको छ ? विद्यालय तथा कलेजको नाम, ठेगाना, सम्पर्क व्यक्ति पनि खुलाउनुपर्ने भएको छ । जाने व्यक्तिको इमेल ठेगाना, सम्पर्क नम्बर तथा बायोडाटासमेत मागिएको छ ।

कोरियाले जाने तयारीमा रहेका नयाँलाई मात्र होइन, एक पटक काम गरेर फर्किसकेका र फेरि दोहोर्‍याएर जाने तयारीमा रहेकाहरूसँग समेत नयाँ विवरण मागेको छ । ईपीएसले सम्पर्क हुन नसकेकालाई तुरुन्त सम्पर्कमा आउनसमेत आग्रह गरेको छ । ईपीएस कोरिया शाखाका प्रमुख डिल्ली बास्तोलाले कोरियाको अध्यागमन कार्यालयले जाने कामदारको सम्पूर्ण विवरण मागेको बताए । ‘१६ प्रकारका विवरण मागेको छ ।

हामीले जाने कामदारसँग सम्पर्क गरेर विवरण भर्न लगाएका छौं,’ उनले भने । सात सयजनाको विवरण पठाइसकेको पनि उनले जानकारी दिए । हाल कोरियामा एक हजार हाराहारीमा गैरकानुनी नेपाली कामदार रहेको अनुमान छ ।

कोरिया वैदेशिक रोजगारीको आकर्षक गन्तव्य हो । त्यहाँ हाल ३४ हजार नेपालीले काम गरिरहेका छन् । उद्योग, उत्पादन तथा कृषि क्षेत्रमा नेपालीले काम पाएका छन् ।

यसअघि कोरियाले गैरकानुनी रूपमा बसेका नेपाली कामदारलाई आगामी सेप्टेम्बरसम्ममा स्वदेश फर्किन समय दिइसकेको छ । अवैध कामदारको संख्या ह्वात्तै बढ्न थालेपछि कोरियाले नयाँ रणनीति अख्तियार गरेको हो । चार वर्ष १० महिनाभन्दा बढी बस्नेबित्तिकै स्वतः गैरकानुनी हुने प्रावधान छ । चार वर्ष १० महिना बितेपछि कोरियाको कानुन तथा मानवअधिकारका विभिन्न प्रावधानअनुसार विदेशी कामदारलाई त्यहींको नागरिकसरह सेवासुविधा दिनुपर्ने भएकाले कोरियाले यसमा विशेष कडाइ गर्दै आएको छ ।

नेपालले तोकिएको अवधि पूरा गरेपछि फिर्ता भइहाल्न त्यहाँ गएका कामदारलाई बारम्बार अनुरोध गर्दै आएको छ । फर्किएका कामदारलाई विभिन्न सीपमूलक तालिम दिने योजना बनाएपछि अहिलेसम्म कार्यान्वयन हुन भने सकेको छैन । दक्षिण कोरिया नेपाली कामदारका लागि रोजगारीको आकर्षक गन्तव्य हो । कोरिया वैदेशिक रोजगारीको आकर्षक गन्तव्य हो ।

त्यहाँ हाल ३४ हजार नेपालीले काम गरिरहेका छन् । उद्योग, उत्पादन तथा कृषि क्षेत्रमा नेपालीले काम पाएका छन् । जानेबित्तिकै प्रशिक्षार्थी कामदारले न्यूनतम एक लाख ३० हजार हाराहारीमा कमाइ गर्न सक्ने भएकाले त्यहाँको आकर्षण अधिक छ । उच्चशिक्षा हासिल गरेका, जागिरे अनि व्यापारव्यवसाय गरेर बसेका समेत कोरिया जान इच्छुक देखिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.