आफ्नै आमालाई मारेर खाडलमा पुरेपछि...

आफ्नै आमालाई मारेर खाडलमा पुरेपछि...

जाजरकोटः जाजरकोटको सक्ला एक लैखममा एक वृद्धाको हत्या भएको छ । स्थानीय बुद्धिबहादुर खत्रीले आफ्नै ६५ वर्षकी आमा देउमतीको हत्या गरी खाडलमा परेको पाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

बुद्धीले साउन २२ गते देखि आफनी आमा हराएको भन्दै हुलियासहित प्रहरीमा निवेदन दिएका थिए । वृद्धा देउमतीको खोजीमा रहेको प्रहरीले बुद्धिको व्यवहार शंकास्पद लागेपछि निगरानीमा राखेको थियो ।

सासुको नाममा रहेको घरजग्गा आफ्ना नाममा गराउन बुद्धीकी श्रीमती शर्मिला खत्रीले बारम्बार श्रीमानलाई दबाब दिदै आएकी थिईन् । तर, सम्पत्ति शर्मिलाको नाममा गराउन आमा देउमती राजी नभएपछि आमालाई नै मार्नुपर्ने निश्कर्षमा पुगेको बुद्धीले प्रहरी समक्ष प्रारम्भिक बयान दिएका छन् ।

हाल बुद्धि र उनकी श्रीमती शर्मिला दुबै प्रहरीको नियन्त्रणमा रहेका छन् । शनिबार बिहानै सदरमुकामबाट प्रहरी निरिक्षक सुवास भट्टको नेतृत्वमा गएको टोलीले खाडल उत्खनन गर्ने निमित्त प्रहरी प्रमुख हिक्मत बोहराले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.