फ्रान्सेली नागरिक चिउरीभिरमा मृत भेटिईन

फ्रान्सेली नागरिक चिउरीभिरमा मृत भेटिईन

स्याङ्जाः फ्रान्सका एक नागरिक स्याङ्जाको चिरीभीरमा मृत अवस्थामा फेला परेका छन् । उनको शवसहित साथमा रहेको झोला, राहदानी र नागरिकता पनि फेला परेको छ । सामान फेला परेको एक हप्तापछि उनको शव भेटिएको थियो ।

फ्रान्सेली नागरिक मेलानी परनान्डे ओडेटको नागरिकता, पासपोर्ट तथा अन्य बन्दोबस्तीका सामान सहित शव भेटिएकाले मृतक ओडेट नै रहेको हुनसक्ने प्रहरी निरीक्षक उत्तमप्रकाश बरालले जानकारी दिए । उनी लुम्बिनी हिँडेको वा फर्केको हुनुसक्ने प्रहरीको अनुमान छ ।

गत शुक्रबार बाख्रा चराउन गएका स्थानीयले पासपोर्टसहितको झोला भेटेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले सोही क्षेत्रमा गरेको खोजतलासको क्रममा सात दिनपछि शव गलेको अवस्थामा फेला परेको थियो । सोही क्षेत्रको भीरबाट सिनोजस्तो गन्ध आएपछि प्रहरीले भीरमा पुगेर खोजतलास गरेको थियो ।

अत्यन्तै भिर भएको ठाउमा मृत शरिर रहेकोले पोखराबाट आएको रेस्क्यू टोलीले शव निकालेको हो । सडेगलेको शरीर, केही कपाल झरेको अवस्थामा मेलानीको शव थियो ।

उनले लगाएको लुगा, गरगहना र कपालको आधारमा उक्त शव मेलानीको भएको यकिन गर्दै थप अनुसन्धान र पोस्टमार्टमका लागि शव काठमाडौं स्थित शिक्षण अस्पताल महाराजगंजमा पठाइएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको र के कारणले उनको मृत्यु भएको भन्ने बारेमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका प्रहरी उपरीक्षक देवबहादुर बोगटीले जानकारी दिए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.