काभ्रेका गाउँमा बस जानै छाड्यो

काभ्रेका गाउँमा बस जानै छाड्यो

बनेपाः सरकारले रुट परमिट नभएका सडकहरुमा सावारी साधन गुड्न रोक लगाएसँगै काभ्रेका विकट ग्रामीण क्षेत्र र तराईका जिल्ला जाने हजारौ यात्रुबीच बाटैमा अलपत्र परेका छन् । रुढ परमीट विना सञ्चालन हुदै आएका सवारी साधनलाई जिल्ला प्रहरी कार्यलय काभ्रेले फिर्ता गरेसँगै हजारौ यात्रुहरु बाटोमै अलपत्र परेका हुन ।

बीपी राजमार्ग पूर्णरुपमा सञ्चालनमा आए पनि सरकारले रुट परमिट जारी नगार्दा सिन्धुली, रामेछाप, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर लगायत तराईका १४ जिल्ला जोड्ने बीपी राजमार्गबाट ओहोर दोहोर गर्ने यात्रुहरुबीच बाटोमै अलपत्र परेका छन् ।

काभ्रेका ग्रामीण भेग कोशीपारी, डाडापारी, तिमाल, देउपुर क्षेत्रका तीन दर्जनभन्दा बढी गाविसमा रुट परमीट नभएको भन्दै यातायात बन्द भएसंगै हजारौ यात्रुहरु बाटोमै अलपत्र परेका हुन ।

‘दुर्घटनापछि मात्र जाग्ने गर्छ सरकार र सुरक्षा निकाय । सरकारले बैकल्पिक व्यवस्था नगरी एकैचोटी रुट परमीटको कुरा गर्दा हामी यात्रुहरु समस्यामा पर्‌यौं ।' विकट डाडापारी क्षेत्र च्याम्राङ्गबेशी गाविसका निरोज सापकोटाले भने-'सदरमुकाममा आएको थिए गाउ जानै कठिन हुने भयो । हिडेर जौ सम्भव छैन नजाउ पनौतीमै अलपत्र परियो कहाँ बस्ने के खाने भन्ने अन्यौल भयो ।'-उनले दुखसो पोखे ।

त्यस्तै क्षमताभन्दा बढी यात्रु हाल्न नपाउने भन्दै बसले नलगेपछि धुलिखेल बसपार्कमा अलपत्र परिरहेका दोलखाका विमल खड्काले भने ‘विहान १० बजेदेखी बस कुरेको २ बजिसक्यो कुनैले पनि सिटफुल नभएको भन्दै लान मान्दैनन् ।, अरु बसमा जौ भने पनि सिन्डिकेटले गर्दा जादैनन् ।' उनले दुखसो पोख्दै भने ‘बीच बाटोमै अलपत्र परियो समितिको सिन्डिकेटले हामीलाई अलपत्र पार्‌यो ।'

विभिन्न यातायात समितिहरुले पक्की सडकको रुट परमिट देखाएर नजिकको कच्ची सडक र विकट गाम्रीण क्षेत्रमा यातायात सञ्चालन गर्दै आएका थिए । तर केही दिन अधि कोशीपारी क्षेत्रमा २७ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनालाई मध्यनजर राख्दै स्थानीय प्रशासन र प्रहरीले क्षमता भन्दा बढी यात्रु बोक्ने र रुट परमिट नभएका सवारी साधनलाई रोक लगाएको प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले बताए । ‘हामीले दुर्घटना न्युनिकरणका लागि सम्बन्धित निकायसँग बार्ता छलफल गरिहेका छौ निश्चित मापदण्डमा रहेर चाडो समस्याको समधान गर्छौ ।'

जिल्लाको सर्वदलीय बैठक र स्थानीयको मागका आधार र प्रशासनको स्वीकृतिमा अहिलेसम्म ग्रामीण सडकमा यातायात सञ्चालन गर्दै आएको व्यवसायीहरुको भनाई छ । जसअनुसार मेलम्चीको परमिटका आधारमा हेलम्बु यातायातले मण्डन, देउपुर क्षेत्रका ग्रामीण भेगमा, अरनिको यातायातले चौतारासम्मको कोशीपारी क्षेत्र, काभ्रे मिनिबसले खोपासीसम्मको परमिटका आधारमा ढुंखर्क, च्याम्राङबेसीसम्म र बनेपा, काभ्रे बस सेवा समितिले भकुन्डेसम्मका परमिटका आधारमा दाप्चा, नाला, बुढाखानी, तिमाल लगायतका ग्रामीण भेगमा यातायात सेवा दिदै आएका छन् ।

‘रुट परमिटबिना बस चल्न नदिए ग्रामीण भेगको यातायात सेवा ठप्प हुन्छ'–हेलम्बु यातायात सेवा समितिका अध्यक्ष राजेशकुमार श्रेष्ठले भने–‘यात्रुले फेरी अनाअश्यक दुख र सास्ती भोग्नुपर्ने ।' जिल्लामा बनेपा, धुलिखेल, पनौती, खोपासी, दोलालघाट, भकुन्डे लगायत पक्की सडक भएका सडकमा मात्रै रुट परमिट छ ।

जिल्ला प्रहरी प्रमुख एसपी राजेशनाथ बास्तोलाले सिटको क्षमताभन्दा बढी यात्रु राख्नेलाई कारबाही र रुट परमिट नभएका गाडी फर्काउन, निर्देशन दिएको बताए । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काभ्रेको सक्रियतामा परमिट नलिएका गाडीलाई विहिवार देखी चल्न नदिने भनेपछि व्यवसायीले यात्रुलाई बाटैमा छोडेर टिकटको पैसासमेत फिर्ता नगरेको यात्रुको गुनासो छ ।

प्रहरीले बिहीबार र शुक्रबारसम्ममा दुई सयभन्दा बढीलाई कारबाही गरेको जिल्ला प्रहरी कार्यलयका डिएसपी नविनराज राईले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.