रुट परमिटबिना चलाइन्छन् सवारी साधन

रुट परमिटबिना चलाइन्छन् सवारी साधन

चरीकोटः दोलखामा सञ्चालन हुने अधिकांश सवारी साधन रुट परमिटबिना सञ्चालन हुने गरेको पाइएको छ । यातायात व्यवस्था विभागले रुट परमिट नदिएकै कारण अधिकांश सवारी साधान त्यत्तिकै सञ्चालन गर्नु परेको व्यवसायीको भनाइ छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका इन्चार्ज प्रहरी सहायक निरीक्षक राजकुमार दुलालले रुट परमिट नभएका सबै गाडी चल्न नदिने बताए । उनले दोलखामा सञ्चालन हुँदै आएको अरनिको यातायात र रोलवालिङ यातायातले काठमाडौंबाट जिरीसम्मको सडकमा मात्र रुट परमिट लिएकाले उनीहरूलाई त्यसबाहेक अन्य ठाउँमा जान नदिने बताए ।

उनले आफूहरूलाई तीन बुँदे निर्देशिका आएको बताउँदै त्यसलाई कार्यान्वयनका लागि आफूहरू लागि परेको बताए । निर्देशनमा क्षमताभन्दा बढी यात्रु बोकेमा सवारी चालक अनुमतिपत्र रद्द, रुट इजाजत पत्र खारेज गर्ने, एउटा रुटको इजाजत लिई अर्को रुटमा चलाएमा सवारी चालक अनुमति पत्र रद्द, रुट इजाजत पत्र खारेज गर्ने, एउटा प्रयोजनको लागि दर्ता भएको सवारी साधन अन्य प्रयोजनको लागि प्रयोग गरेमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम अधिकतम हदसम्म कारबाही गर्ने रहेको छ ।

इन्चार्ज दुलालले हाल दोलखामा रातो प्लेट लिएका सवारी साधानले पनि भाडामा यात्रु बोकिरहेको पाइएको बताउँदै त्यस्तालाई पनि कारबाही गर्ने बताए । शुक्रबार मात्र ४ वटा गाडीलाई कारबाही गरेको बताए । क्षमताभन्दा बढी यात्रु बोकेर हिँडेको अवस्थामा कारबाही गरेको उनले जानकारी दिए ।

दोलखामा रहेका २ नगरपालिका र ४८ गाविसमध्ये १ गाविसमा मात्र यातायातको पहुँच पुगेको छैन । तीबाहेक सबै गाउँमा यातायातको साधन पुग्ने गरेका छन् ।
यसैबीच आइतबारबाट रुट परमिट लिएको काठमाडौंबाट जिरीसम्म मात्र सवारी साधन सञ्चालन गर्ने यातायात व्यवसायीको तयारी छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय दोलखामा यातायात व्यवसायी, प्रहरी प्रशासन र ट्राफिक प्रहरीबीच भएको छलफलका क्रममा आइतबारबाट रुट परमिट नलिएका कुनै पनि ठाउँमा बस सञ्चालन नगर्ने सहमति भएको अरनिको सेवा समिति दोलखाका रामशरण ठकुरीले जानकारी दिए ।

पर्याप्त मात्रामा गाडी नहाल्दा र समयमै रुट परमिट नलिएकै कारण हजारौं यात्रुले दुःख पाउने भएका छन् । गाउँगाउँबाट सदरमुकाम आउने र राजधानी जाने सयौं यात्रु अलपत्र हुने अवस्थामा पुगेको स्थानीयको भनाइ छ । सरकारले रुट परमिट नदिई यातायातका साधन सञ्चालनमा रोक लगाउनु गलत भएको दोलखा उद्योग वाणिज्य सघंका अध्यक्ष सुन्दर कार्कीको भनाइ छ । उनले सरकारकै कारण व्यवसायी र स्थानीयले दुःख पाउने अवस्था आउन दिन नहुने बताउँदै परमिट खुलाउनु पर्ने बताए ।

अहिले सरकारले नै जनताको सेवाको नाममा सिन्डिकेट लागू गर्न लागेको बताउँदै निजी क्षेत्र चुप लागेर नबस्ने बताए । उनले सुरुमा रुट परमिट खुलाउनु पर्ने र रुट परमिट नलिएमा यातायात व्यवसायीलाई कारबाही गर्न आफूहरूले पनि सहयोग गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.