बजेट सदुपयोग गर्न चनाखो बन्दै गाउँले

बजेट सदुपयोग गर्न चनाखो बन्दै गाउँले

बझाङः गाविसको बजेट राजनीतिक भागबन्डा हुँदा हिनामिना हुने गरेको जनगुनासो आएपछि बझाङमा अहिले गाउँलेहरू आफैं गाविसको बजेट लेखाजोखा गर्न सक्रिय भएका छन् ।

स्थानीय तहमा बनाएका योजना, यसमा छुट्याइएको रकम र पारदर्शिता तथा उपलब्धिका बारेमा स्थानीय चनाखो बन्न थालेका छन् । गाविसले गाविसस्तरमा गर्ने वार्षिक समीक्षा बैठक र सार्वजनिक सुनुवाइ कार्यक्रममा योजना लिएका अध्यक्ष र गाविस सचिवलाई उपभोक्ता समितिले योजनाको प्रभावकारी कार्यन्वयन गराउन सजग गराउन थालेका हुन् ।

कँडेल गाविसको तोलेनीमा गाविसले गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा यहाँका उपभोक्ताले गाविसले खर्च गरेको रकमअनुसार उपलब्धि नभएको गुनासो गरे । स्थानीय लीला सुनुवारले गाउँ परिषद्मा नेता र टाठाबाठाले बजेट विनयोजन गर्ने हुँदा दलित समुदायले रकम नपाएको गुनासो गरिन् ।

लक्षित वर्गअन्तर्गत बालबालिकाको रकम गाविसका सामाजिक परिचालकले खर्च गरेको हुँदा कार्यक्रममा गुनासो आएपछि खर्च हुन बाँकी रहेको उनले सुनाए । नागरिक वडा मञ्चमा आउने बजेट सबै वडामा नपुगेको स्थानीय हिक्मत सिंहले बताए ।

वकिलबहादुर सिंहले गाविसको बजेटले गाउँमा जति विकास हुनुपर्ने हो त्यति नभएको बताए । तेस्रो पक्षबाट गरिएको सार्वजनिक सुनुवाइमा गाविस सचिव गगन ऐडीले परिषद्बाट विनियोजन भएका योजनाको रकम उपभोक्ताको खातामा गएको तर उपभोक्ता समितिले यसको खर्चको बिल भर्पाई र प्रगति प्रतिवेदन गाविसमा नबुझाएको बताए ।

स्थानीयले यसरी योजना तथा कार्यक्रमको लेखाजोखा गर्दा रकम हिनामिना कम हुने उनले बताए ।

स्थानीय निकायको सार्वजनिक सुनुवाइ कार्यविधिअनुसार तेस्रो पक्षबाट सार्जजनिक सुनुवाइ गर्ने प्रावधान भएकाले हाल गाविस, नगरपालिका र जिविसले तेस्रो पक्षबाट सार्वजनिक सुनुवाइ गर्दै आएका छन् । यसअघि गाविस आफैंले समीक्षा मात्र गर्ने गरेका थिए ।

ब्यासीका लक्ष्मीराज जोशीले अहिले तेस्रो पक्षबाट सार्वजनिक सुनुवाइ कार्यक्रम भएपछि बजेट पनि सार्वजनिक हुने गरेको र रकम हिनामिना हुन छोडेको बताए ।
गत आर्थिक वर्षमा गाविसले विकासका लागि २३ लाख खर्च गरेको थियो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.