दाइलाई स्वर्ण, भाइलाई रजत 

दाइलाई स्वर्ण, भाइलाई रजत 

रियो दी जेनेरियोः जारी रियो ओलम्पिक खेलकुदअन्तर्गत ट्रायथलनमा एकै दाजुभाइले स्वर्ण र रजत पदक जितेका छन् ।

प्रतियोगिताअन्तर्गत बिहीबार भएको प्रतिस्पर्धामा बेलायतका ब्राउन्ली दाजुभाइ एलिस्टेयर र जोनाथनले स्वर्ण र रजत पदक जितेका हुन् । दाजु एलिस्टेयरलले स्वर्ण तथा जोनाथनले रजत पदक जिते । एलिस्टेयर जोनाथनभन्दा मात्र दुई वर्षले दाइ हुन् ।

ओलम्पिक खेलकुदमा एकै दाजुभाइले एउटै स्पर्धामा स्वर्ण र रजत पदक जितेको यो ५६ वर्षपछिकै पहिलो घटना हो । एलिस्टेयर र जोनाथन यो सफलता हात पार्ने समग्रमा छैटौं दाजुभाइ बनेका छन् ।

एलिस्टेयर र जोनाथनले चार वर्षअघि आफ्नै देश इङ्ल्यान्डमा भएको ओलम्पिक खेलकुदमा समेत पदक जितेका थिए । यद्यपि त्यस बेला एलिस्टेयरले स्वर्ण जित्दा जोनाथन कांस्यमै रोकिएका थिए । यसपटक जोनाथनले आफ्नो प्रदर्शनमा सुधार ल्याउँदै रजत जितेका हुन् ।

प्रतिस्पर्धामा ब्राउन्ली दाजुभाइले १० किलोमिटरको दौडपछि नै अन्य प्रतिस्पर्धीलाई पछि पारेका थिए । अन्ततः एलेस्टियरले स्विमिङ, साइक्लिङ र दौड सम्मिलित प्रतिस्पर्धाको निर्धारित दूरी एक घन्टा ४५ मिनेट एक सेकेन्डमा पार गर्दै स्वर्ण जितेका हुन् ।

एलेस्टियरले आफ्ना भाइ जोनाथनले भन्दा मात्र ६ सेकेन्डले पहिले दूरी पूरा गर्दै स्वर्ण जितेका थिए । दाजुभाइले नै स्वर्ण र रजत पदक जितेपछि उनीहरूले स्टेडियममै खुसी मनाएका थिए ।

प्रतिस्पर्धा सकिएपछि पनि लामो समय स्टेडियममै रहेर एकअर्कालाई अंकमाल गर्दै उनीहरूले खुसी साटासाट गरेका थिए । ‘म योभन्दा पहिले कहिल्यै पनि यस्तो भावनात्मक बनेको थिइनँ’, जोनाथनले भने, ‘चार वर्षअघि हामीले स्वर्ण र कांस्य जितेका थियौं तर यसपटक स्वर्ण र रजत जितेका छौं ।

यो सफलता हाम्रा लागि निकै नै महŒवपूर्ण छ ।’ जोनाथनभन्दा ४२ सेकेन्ड पछि आइपुगेका दक्षिण अफ्रिकी हेन्री स्कोइमानले कांस्य पदकमा चित्त बुझाए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.