‘परिस्थिति चुनौतिपूर्ण भएपनि काम गरेर देखाउँछु’
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परिस्थिति चुनौतिपूर्ण रहेपनि आफूले परिणाममूखि काम गरेर देखाउने बताएका छन्।
शनिवार बिहान बालुवाटारस्थित सरकारी निवासमा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा आएको गोरखा जौबारीको टोलीबाट बधाइ तथा शुभकामना ग्रहण गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्ना लागि चुनौतिपूर्ण अवसर प्राप्त भएको बताएका हुन्।
प्रधानमन्त्रीले भने,‘परिस्थिति निकै चुनौतिपूर्ण छ, जनताका आकांक्षाहरु धेरै छन्। मेरा लागि चुनौतिपूर्ण अवसर प्राप्त भएको छ। यसपटक केही परिणाममूखी काम गर्नेछु।’
प्रचण्डले गोरखा जिल्ला ऐतिहासिक र परिवर्तनको आन्दोलनका दृष्टिले पनि निकै महत्वपूर्ण भएको बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।