ब्राजिल रियो ओलिम्पकमा उसेन बोल्टलाई तेस्रो स्वर्ण
रियो दी जनेरियोः विश्वकै तिब्र गतिका धाबक उसेन बोल्टले ब्राजिलमा जारी रियो ओलम्पिकमा तेस्रो स्वर्ण जितेका छन्।
जमैकाका धाबक बोल्टले शनिवार बिहान भएका चान गुणा १०० मिटर दौडमा तेस्रो स्वर्ण जितेका हुन्। बोल्टको अोलम्पिकमा यो ९ अाै स्वर्ण पदक हो।
बोल्टले जारी ओलम्पिकमा यसअघि एक सय र दुई सय मिटर दौड स्पर्धामा स्वर्ण जितेका थिए। योसँगै बोल्टले जारी ओलम्पिकमा स्वर्ण पदकमा ह्याट्रिक गरे।
बोल्टले ओलम्पिकका तीन संस्करणमा लगातार तीनवटा स्वर्ण पदक जित्दै आएका छन्। ओलम्पिकमा उनको यो नयाँ किर्तिमानी हो।
बोल्टले चीनको बेइजिङमा सन् २००८ र बेलायतको लण्डनमा २०१२ मा भएको ओलम्पिकमा पनि तीन–तीन वटा स्वर्ण पदक हात पारेका थिए।