सिन्धुले दिलाइन् भारतलार्इ अोलम्पिकमा दोस्रो पदक

सिन्धुले दिलाइन् भारतलार्इ अोलम्पिकमा दोस्रो पदक

रियो दी जनेरियोः दक्षिण एसियाको शक्तिशाली राष्ट्र भारतले रियो ओलम्पिकमा दोस्रो पदक हात पारेको छ। ब्राजिलमा जारी रियो ओलम्पिकमा भारतका लागि पिभी सिन्धुले रजत पदक जितेर दोस्रो पदक दिलाएकी हुन्।

भारतीय खेलाडी सिन्धु महिला सिंगल्स ब्याडमिन्टनको फाइनल प्रतिस्पर्धामा  विश्व नम्बर एक स्पेनकी कारोलिना मारिनसँग पराजित हुँदै रजत पदकमा चित्त बुझाउन बाध्य भइन्।

सिन्धु पहिलो सेट २१–१९ ले जितिन्। तर, दोस्रोमा भने सिन्धु विश्व नम्बर एक मारिनसँग २१–१२ र तेस्रो २१–१५ को सोझो सेटमा पराजित भइन्।

ब्याडमिन्टनमा रजत पदक दिलाउन सफल सिन्धु सबैभन्दा कम उमेरमा भारतलाई ओलम्पिकमा रजत पदक दिलाउने खेलाडी पनि बनिन्।

यसअघि बुधवार राति भएको ५८ किलो तौल समूहको रेस्लिङमा साक्षी मलिकले भारतलाई कास्य पदक जिताएकी थिइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.