‘भारत प्रचण्ड नेतृत्वको सरकारसँग मिलेर अघि बढ्न तयार छ’

‘भारत प्रचण्ड नेतृत्वको सरकारसँग मिलेर अघि बढ्न तयार छ’

भारतीय गृहमन्त्री राजनाथ सिंहले भारत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारसँग नजिक रहेर काम गर्न तयार रहेको स्पष्ट पारेका छन्। 

गृहमन्त्री सिंहले भने,‘भारत नेपालमा स्थिरता भएको हेर्न चाहन्छ, हामी नेपालमा विकास भएको हेर्न चाहान्छौं, त्यसका लागि हामी प्रचण्ड नेतृत्वको सरकारसँग निकट भएर काम गर्न तयार छौं।’ सिंहले भारत नेपालमा सधैं शान्ति, स्थायित्व र विकास भएको हेर्न चाहेको बताए।

काठमाडौंः भारतीय गृहमन्त्री राजनाथ सिंहले भारत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारसँग नजिक रहेर काम गर्न तयार रहेको स्पष्ट पारेका छन्।

नयाँ दिल्लीमा पत्रकारहरुसँग शनिवार बिहान कुराकानी गर्दै गृहमन्त्री सिंहले भने,‘भारत नेपालमा स्थिरता भएको हेर्न चाहन्छ, हामी नेपालमा विकास भएको हेर्न चाहान्छौं, त्यसका लागि हामी प्रचण्ड नेतृत्वको सरकारसँग निकट भएर काम गर्न तयार छौं।’ सिंहले भारत नेपालमा सधैं शान्ति, स्थायित्व र विकास भएको हेर्न चाहेको बताए।

उनले काँग्रेस–माओवादी केन्द्रवीच बनेको नयाँ गठबन्धनको सरकारले संविधान कार्यान्वयन गर्ने गरी काम गर्नेमा आफू विश्वस्त रहेको समेत स्पष्ट पारे। ‘प्रचण्ड नेतृत्वको सरकारले संविधान कार्यान्वयन गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नेछ भन्ने हाम्रो विश्वास छ,’ उनले भने।

आफूहरु नेपालमा राजनीतिक स्थिरता भएको हेर्न चाहेको उल्लेख गर्दै गृहमन्त्री सिंहले भने,‘यसबाट मात्रै विकास सुनिश्चित हुन्छ, हामी नेपालको विकासमा हरहमेसा साथ र सहयोग गर्न तयार छौं।’

सिंहले कांग्रेस र माओवादी केन्द्रबीच भएको सातबुँदे सहमति तथा आन्दोलनकारी दलहरूसँग भएका वार्ता प्रयासलाई आन्तरिक स्थिरताका लागि सकारात्मक कदम समेत भएको टिप्पणी गरे। उनले आतंकवादविरुद्धमा नेपाल र भारत दुवै देश मिलेर लड्नुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.