व्यवसायमा जमेका फुटबलर

व्यवसायमा जमेका फुटबलर

नेपाली फुटवल क्षेत्रमा लक्ष्मीनारायण श्रेष्ठ एक परिचित नाम हो । करियरको उत्कृष्ट फर्ममै रहेको बेला उनले फुटवल चटक्कै छाडे । हाल उनी धनकुटाको सिँधुवामा फेन्सी व्यवसाय गरिरहेका छन् । उनले करिव एक दशक स्थानीय क्लवदेखि ‘ए’ डिभिजनका चर्चित क्लवबाट व्यवसायिक फुटवल खेले, अनि घरायसी समस्याको कारण २०७० सालमा फुटवल करियर छाडे ।

३० वर्षीय लक्ष्मी अहिले फुटवलमा जस्तै व्यवसायमा जमिरहेका छन् ।२०६० सालमा एसएलसी उत्र्तिण भएपछि लक्ष्मीनारायण कर्मश पढ्न धरानको महेन्द्र कलेज गए । सानैदेखि उनमा फुटवलप्रति रुचि थियो । महेन्द्र कलेज पढ्दा विभिन्न प्रतियोगितामा सहभागिता जनाउँथे, उनी । धरान बस्दा त्यसबेला चिनिएका फुटवल खेलाडीहरु सागर घिमिरे, विष्णु सुनार, राजु राई र हेम गुरुङसँग उनको संगत थियो । सोही संगतकै कारण नै २०६१ सालमा उनी फुटवल खेल्न सिक्किमसम्म पुगे ।

सोही वर्ष धरानमा सम्पन्न गोधुली कप प्रतियोगिताको आयोजना भयो । उनले त्यो प्रतियोगितामा धरानको वडा नं. १८ टोलीबाट प्रतिनिधित्व गर्दै भाग लिए । समुहगत चरण र नआउट चरणमा राम्रो खेले पनि फाइनलमा भने उनको टोली पराजित भयो । २०६२ सालमा भएको पूर्वाञ्चल स्तरीय लिगमा त्यस बेलाको चर्चित क्लब टेम्केबाट पनि उनले ब्यवसायीक फुटबल खेले । त्यो प्रतियोगितामा पनि उनको क्लब टेम्के उपविजेतामै सीमित भयो ।

त्यसपछि २०६२ सालमै पोखरामा आयोजना भएको आहा गोल्डकपमा धरानबाट प्रतिनीधित्व गर्ने टोलीमा पर्न सफल भए, उनी । त्यसबेला सिनियर टिमका खेलाडी ‘ए’ डिभिजन क्लवमा अनुवन्धित भएपछि जुनियर खेलाडीलाई समेटेर नयाँ टिम बनाइएको थियो ।

आहा गोल्डकपमा धरानको टोलीको प्रतिद्वन्द्वी अफ्रिकन खेलाडी सम्मिलित अफ्रिकन युनाइटेड थियो । धराने टोली अफ्रिकन युनाइटेडसँग ३-२ गोलले पराजित भएपछि उनको प्रदर्शन भने सम्झनलायक रह्यो । आहा गोल्डकपमा धराने टोलीको भरपर्दा स्ट्राइकर लक्ष्मीले पहिलो गोल गरे । पोखराको आहा गोल्डकपमा उत्कृष्ट प्रर्दशन गरेको कारण सोही वर्षमा धरानमा सम्पन्न वुढासुव्वा गोल्डकपमा आयोजक टिममा उनको स्थान पक्का गरे । तर वुढासुब्बामा आयोजक टोली झापासँग पराजित भयो । २०६५ सालमा पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि उनले पूर्वाञ्चलको टिमबाट भाग लिए । र उनको टिमले उपाधी पनि हात पार्‍यो ।

उनको टोली हरेक प्रतियोगितामा सहभागी जनाएर उपाधी नजिते पनि उनको व्यक्तिगत प्रर्दशन भने उच्च कोटीको थियो । ए डिभिजनका ठूला क्लवको नजर उनि प्रति परेको थियो । २०७३ सालमा शसस्त्र प्रहरी वल एपिएफमा भर्ति खुलेको थियो । एफिएफ क्लवमा भर्ति गराउन धरानबाट एन्फाका उपाध्यक्ष किशोर राईले उनी लगायत ७ जना खेलाडीलाई काठमाडौं लगेका । तर विविध कारणले एपिएफ क्लवमा भर्ना वन्द भएछ । एक डेढ महिना पर्खनु भन्ने खबर आयो । तर एन्फाका धिरेन्द्र प्रधानले अरु क्लवबाट खेल्न प्रस्ताव गरे ।

२०६३ सालमा ए डिभिजन लिग खेल्ने जावलाखेल यूथ क्लवसँग प्रतिमहिना ५ हजार रुपैयाँ पारि श्रमिक लिने गरी उनी सहित सँगै गएका योगेश श्रेष्ठ, हेम गुरुङ, प्रविण राई, मनिल महरा पनि अनुवन्धित भए । अनुवन्ध पछि उनको टोलि काठमाडौंवाट फर्किएर सोही वर्ष हेटौडामा आयोजना भएको तिलोतमा गोल्डकप प्रतियोगितामा जावलाखेल युथ क्लववाट सहभागिता जनाए । तर पहिलो खेलमै जावलाखेल यूथ क्लव वलियो प्रतिद्वन्दी थीस्टार क्लव सँग पराजित हुन पुग्यो ।

विविध कारणले २०६३ सालमा एक डिभिजन लिग हुन सकेन । लिग नभएपछि जावलाखेल क्लवले दुई महिनाको १० हजार रुपैया पारि श्रमिक दिएर खेलाडीसँग अनुवन्ध तोडेको उनले बताए । २०६३/६४ सालमा लिग नभएपनि देशका विभिन्न ठाउँमा हुने नकआउट प्रतियोगितामा उनले जावलाखेल क्लववाट सहभागिता जनाए ।

२०६५ सालमा धरानमा सिटी लिग प्रतियोगिता भयो । उनी स्थानीय मित्रमिलन क्लववाट खेले । सो प्रतियोगितामा उनको क्लवले उपाधी पनि जित्यो । सो प्रतियोगितामा आफ्नो भूमिका परिवर्तन गरे । स्टाइकरवाट खेल्ने उनी मिडफिल्डमा जम्न थाले । सो प्रतियोगितामा उनी उत्कृष्ट खेलाडी चुनिए ।

२०६६ सालमा पूनः लिग सुरु हुने भएपछि पुरानो क्लव जावलाखेलमै उनी अनुवन्धित भए । पारि श्रमिक मासिक ११ हजार रुपैयाँ पाउने गरी । उनले पाउने पारि श्रमिक त्यो बेला चर्चित तथा उत्कृष्ट फर्ममा रहेका खेलाडीले लिने पारि श्रमिक सरह थियो । २०६६ सालको लिगमा जावलाखेल ७ औं स्थानमा रह्यो ।
जावलाखेल क्लवले अर्को लिगमा नयाँ खेलाडी भित्र्याएर नयाँ टिमसेट बनायो । क्लवमा भित्रिने नयाँ खेलाडीमा चाल्स राईं, हेम गुरुङ, कर्ण लिम्बु, भीम वस्नेत, सचिन्द्र धिमाल लगायत थिए । नयाँ खेलाडीको समायोजनले जावलाखेल क्लव वलियो भएको थियो । २०६७ सालमा हेटौडामा सम्पन्न तिलोतमा गोल्डकपको उपाधी जावलाखेलले जित्यो ।

२०६८ सालमा काठमाडौंमा सम्पन्न एनसेल कपमा जावलाखेलले सेमिफाइनलसम्मको यात्रा तय गर्यो । क्लवलाई सेमिफाइनलसम्म पुर्याउने उनको प्रर्दशन उल्लेखनीय थियो । २०६८ सालमा पून जावलाखेल युथ क्लवमै अनुवन्धित भए । उनको पारि श्रमिक वढेर २० हजार रुपैया पुग्यो । लिगको सुरुवातीमा जावलाखेलले लिड गरेपनि महत्वपूर्ण खेलमा जित हासिल गर्न नसक्दा तेस्रो स्थानमा सीमित हुन पुग्यो ।

२०६९ सालमा मछिन्द्र क्लवले आकषर्ण पारि श्रमिक सहित अनुवन्धको प्रस्ताव गर्यो । प्रति महिना ३५ हजार रुपैया पाउँने गरि उनी मछिन्द्रमा अनुवन्धित भए । त्यो बेला मछिन्द्र क्लवको खेलाडी संरचना उत्कृष्ट थियो । मछिन्द्रमा उनी सहित दिपक राई, कर्ण लिम्बु, प्रवेश कटुवाल, विशाल राई ए, विशाल राई बी, हेम गुरुङ लगायतका चर्चित खेलाडी थिए । उनी पनि सुरुवाती ११ मा परेका थिए ।

मछिन्द्र क्लवले अविश्वसनीय प्रर्दशन गर्दै लामो समय लिगमा अग्रता लिथयो । तर दोस्रो राउण्डमा सबै खेल जिते पनि गणीतिय अंकमा पछि पार्दै मनाङले उपाधी जित्यो । मछिन्द्र दोस्रो भयो ।

२०६९ सालको एक डिभिजन लिग नै उनको फुटवल करियरको अन्तिम खेल हुन पुग्यो । घरायसी समस्याको कारण उनले २०७० सालवाट चटक्कै फुटवल खेल छोडे । २०६५ सालमा वुवा टेकबहादुर श्रेष्ठ वितेपछि घरमा अभिभावकत्व अभाव भयो । घरको जिम्मेवारीले उनमा पारिवारिक वोझ थपियो । घरको हेरविचार गर्नु पर्ने भएकाले केही व्यवसाय गर्ने निधो गरे ।

घरायसी समस्याका कारण उनले २०७० सालबाट चटक्कै बुटबल खेल छोडे । घरको हेरविचार गर्नुपर्ने भएकाले केही व्यवसाय गर्ने निधो गरे । 

धनकुटाको सिँधुवामा रहेको आफ्नै घरमा अहिले एल.एन फेन्सी कलेक्सन पसल खोलेका छन् । करिव १० लाख रुपैया लगानी गरी सुरुवात गरेको उनको व्यवसायमा अहिले २५ लाख रुपैया भन्दा वढी लगानी भैसकेको छ ।

फुटवलबाट टाढा रहेपनि अझै पनि विभिन्न क्लवहरुले वेला बखत वोलाइरहन्छन् । उनी भन्छन्, ‘अहिले पनि मछिन्द्र, एपिएफ क्लवले फोन गरेर वोलाउने गर्छन्’

दुई वर्ष अघिसम्म व्यापार राम्रो थियो । तर अहिले सुस्ताउदै गएको उनले बताए । उत्कृष्ट फर्ममा रहेको बेला फुटबल करियवाट टाढा रहेपनि फुटवल गतिविधिबाट भने टाढा हुन सकेका छैन । अहिले स्थानीय क्लव सिंहदेवी युवा क्लवका ससाना भाइवहिनीहरुलाई फुटवल सिकाउने गर्छन् । सिँधुवामा मैदान नभएता पनि नजिकै सगरमाथा उच्च माविको खेलमैदान ससाना भाइवहिनीहरुलाई फुटवलको कला सिकाउँने गर्छन् ।

उनैको प्रशिक्षणमा गतवर्ष रेडवुल जिल्ला स्तरीय लिगमा सिंहदेवी क्लवले उपाधी उचाल्यो । त्यस्तै हिलेमा भएको गणेश स्मृति इन्डोर प्रतियोगिताको विजेता भयो । त्यस्तै तेह्रथुमको वसन्तपुरमा गत वर्षसम्पन्न लालीगुराँस गोल्डकपमा उनको कप्तानीमा सिंहदेवी क्लव सेमिफाइनलसम्मको यात्रा तय गर्यो ।

पूर्वाञ्चलमा हुने विभिन्न प्रतियोगितामा उनलाई साथिभाईबाट खेल्न अफर आउने गर्छ । तर व्यवसायको कारण टाढा जान पाउँदैनन् । धनकुटाको प्रतिष्ठित भीमनारायण गोल्डकपमा भने केही वर्ष यता नियमित रुपमा आयोजक टोलीवाट सहभागिता जनाइरहेका छन् ।

अहिले फुटवलमा भविष्य राम्रो भएको उनको भनाई छ । राम्रो स्तरीय खेलाडीलाई जीविकोपार्जनको लागि राम्रो अवसर छ । पछिल्लो समय नेपालले एक पछि अर्को सफलताको कारण फुटवल प्रतिको क्रेज वढ्दो रहेको उनी बताउँछन् । उनले भने, ‘राम्रो खेलाडी उत्पादन गर्न एकेडेमी बनाउन आवश्यक छ ।’ उनले भने, ‘विदेशका उत्कृष्ट खेलाडीसँग प्रतिस्पर्धा गर्न हिलोमा खेलेर मात्रै पुग्दैन । राम्रो मैदान पनि आवश्यक पर्छ ।

छिमेकी भारत र नेपाली खेलाडी वीचको हैसियत एउटै भएपनि पारि श्रमिक र सेवासुविधाको हिसावमा भने आकाशजमिनको फरक रहेको उनको भनाई छ । उनी भन्छन्,‘एउटै लेभल भएपनि भारतका खेलाडीले करोडौं पारि श्रमिक पाउँछन् भने नेपाली खेलाडी हजारमा ।’ अब उनको एक मात्र उदेश्य प्रशिक्षकको रुपमा स्थानीय स्तरमा सक्रिय भई खेलाडी उत्पादन गर्ने तर्फ लागि पर्ने उद्देश्य छ । उनी भन्छन्, ‘अवसर आएको बेला प्रशिक्षकको तालिम लिने धोटा को छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.