के सन्देश लिएर चीनबाट फर्किए उपप्रधानमन्त्री महरा?

के सन्देश लिएर चीनबाट फर्किए उपप्रधानमन्त्री महरा?

काठमाडौंः उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा चीन भ्रमण सकेर स्वदेश फर्किएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विशेष दूतका रुपमा पाँच दिने चीन भ्रमणमा गएका उपप्रधान तथा अर्थमन्त्री महरा शनिवार बिहान स्वदेश फकिएका हुन्।

त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अर्थमन्त्री महराले चीनबाट छिट्टै उच्चस्तरीय भ्रमण हुने बताए। उनले चीनका प्रधानमन्त्री ली खछयाङले नेपाल भ्रमण गर्न आफूहरु तयार रहेको भन्दै छिट्टै भ्रमणमा आउने जानकारी आफूलाई गराएको बताए।

महराले चीनबाट हुने उच्चस्तरीय भ्रमणको मिति भने केही समयमा लाग्ने बताए। महराले भने,‘नेपाल यथाशिघ्र आउँछौं भन्नुभएको छ। तर, कहिले आउने भन्नेबारे मिति टुंगो लागेको छैन।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष दूतका रुपमा चीन भ्रमण्मा गएका महराले आफ्नो भ्रमण पूर्णरुपमा सफल भएको बताए। उनले भने,‘जुन उदेश्यले चीन गएको हो। त्यो उदेश्य पूरा भएको छ। चीन भ्रमण सफल र फलदायी रह्यो।’

चीन भ्रमणका क्रममा अर्थमन्त्री महराले चिनियाँ राष्ट्रपति सि जिन पिङ, प्रधानमन्त्री खछयाङ लगायतसँग उच्चस्तरीय भेटवार्ता गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.