पुनर्निर्माणमा सघाउने भारतीय प्रधानमन्त्री मोदीको प्रतिवद्धता

पुनर्निर्माणमा सघाउने भारतीय प्रधानमन्त्री मोदीको प्रतिवद्धता

काठमाडौंः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भूकम्पपछिको पुनर्निर्माणका लागि वर्तमान सरकार भारतले सक्दो सहयोग गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।

शनिवार भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँगको भेटमा भारतीय प्रधानमन्त्री मोदीले पुनर्निर्माणका लागि नेपाल र नेपाली जनतालाई भारतको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता दोहोर्याएका हुन्।

सेभेन रेसकोसस्थित आफ्नै निवासमा भएको भेटमा प्रधानमन्त्री मोदीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उनी नेतृत्वको सरकारलाई बधाइ दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए।

भेटमा गृहमन्त्री निधिले नेपालमा भइरहेका विकास निर्माणका कामबारे भारतीय प्रधानमन्त्री मोदीलाई जानकारी गराएका थिए। नेपाल–भारत सम्बन्ध दुई सरकारबीचको मात्रै नरहेको भन्दै मोदीले देश र जनताबीच नै भारतको सम्बन्ध जोडिएको बताएका थिए।

भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निम्तो पनि निधिसँगको भेटमा दिएका छन्। मोदीसँगको भेटमा निधिले नेपालको विकासका लागि भारतको सहयोग सधैं आवश्यक पर्ने भएकाले सहयोग बढाउन मोदीलाई आग्रह समेत गरेका थिए।

हुलाकी सडक, अन्तरदेशीय रेल सेवा, पञ्चेश्वर बहुद्देश्यीय परियोजनाजस्ता संयुक्त रुपमा सञ्चालनमा रहेका परियोजनालाई द्रुत गतिमा अघि बढाउनु पर्नेमा पनि निधिले जोड दिएका थिए।

भेटमा मोदीले उपप्रधान तथा गृहमन्त्री भएकोमा निधिलाई बधाइ समेत दिएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.