माओवादी केन्द्रको सांगठनिक नेतृत्व बादललाई

माओवादी केन्द्रको सांगठनिक नेतृत्व बादललाई

काठमाडौँ: नेकपा (माओवादी केन्द्र)ले पार्टीको सांगठनिक नेतृत्व रामबहादुर थापा 'बादल'लाई दिएको छ । शनिबार बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकले पार्टीको संगठन विभाग पुर्नगठन गरेको हो ।

बादलको नेतृत्वमा बनेको संगठन विभागमा १३ सदस्य रहेका छन् । संगठन विभागमा सात प्रदेश इञ्चार्ज, अन्तराष्ट्रिय विभागका प्रमुखसँगै नेता टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, जयपुरी घर्तीमगर र मणि थापा सदस्य रहेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

नारायणकाजीको नेतृत्वमा सरकार सञ्चालन सहयोग संयन्त्र
त्यस्तै, शनिबारको माओवादी केन्द्रको बैठकले नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा सरकार सञ्चालन सहयोग समिति गठन गरेको छ। श्रेष्ठ नेतृत्वको सरकार सञ्चालन सहयोग संयन्त्रको सदस्यमा कृष्णबहादुर महरा, मातृका यादव, वर्षमान पुन, गिरिराजमणि पोखरेल, देव गुरुङ, टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, पम्फा भुसाल र तिलक परियार रहेका छन् ।

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा लाजिम्पाटमा बसेको बैठकले अन्य राजनीतिक र संगठनात्मक विषयमा छलफल जारी राख्ने निर्णय समेत गरेको भुसालले जानकारी दिइन ।

त्यस्तै, प्रदेश इच्चार्ज प्रमुख जनार्दशन शर्मा र राम कार्की मन्त्री बनेपछि प्रदेश १ को जिम्मेवारी गोपाल किराँतीलाई दिइएको छ भने प्रदेश ६ को जिम्मेवारी शक्ति बस्नेतलाई दिने निर्णय भएको प्रवक्ता भुसालले जानकारी दिइन ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.