सवारी दुर्घटनामा पूर्वमहान्यायाधिवक्ता फुयाँल घाइते

 सवारी दुर्घटनामा पूर्वमहान्यायाधिवक्ता फुयाँल घाइते

काठमाडौँः पूर्वमहान्याधिवक्ता हरि फुयाँल सवारी दुर्घटनामा परी घाइते भएका छन् । एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको समयमा न्यायाधीवक्ता बनेका फुयाँल शनिबार सवारी दुर्घटनामा परी घाइते भएका हुन् ।

इटहरीबाट काठमाडौँ फर्कने क्रममा पूर्वपश्चिम राजमार्गको ढल्केबरमा सवारी दुर्घटना परी घाइते भएका फुयाँलको थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा उपचार भइरहेको छ ।

पूर्वप्रधानमन्त्री ओलीले अस्पतालमा पुगेर फुयाँलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । ओलीले अस्पताल पुगेर फुयाँलको स्वाथ्यलाभको कामना गरेको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

फुयाँलले पूर्वप्रधानमन्त्री ओलीसँग सामान्य कुराकानी गरेका छन् । फुयाँलको नर्भिक अस्पतालको आईसियुमा उपचार भइराखेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.