मनास्लु पदमार्ग सरसफाई

मनास्लु पदमार्ग सरसफाई

गोरखाः मनास्लु आरोहण गर्ने मौसम नजिकिदै जाँदा मनास्लु क्षेत्रका बासिन्दाले आरोहण गर्ने पदमार्ग र बेसक्याम्प सरसफाइ गरेका छन् । सामागाउँ, ल्हो, प्रोक र बिही गाविसका बासिन्दाले शुक्रबार बेस क्याम्प र बाटो सरसफाइ गरेको नेपाल पर्वतारोहण संघ, मनास्लु च्याप्टरका संयोजक लाक्पाडुण्डुप लामाले जानकारी दिए ।

सामागाउँ गाविसमा पर्ने बेस क्याम्प सफा गर्न ४० जनाको समूह गएको सामागाउँका वीरबहादुर लामाले जानकारी दिए । त्यस्तै ६० जनाको समूहले सामागाउँमा फोहर ब्यबस्थापन गर्ने खाल्डो निर्माण गरेको उनले बताए । 'बेस क्याम्पमा भेटिएका फोहरलाई बोरामा बोकेर सामागाउँमा बनाएको खाल्डोमा ल्याएर व्यवस्थापन गरेका छौं' उनले भने ।

बेस क्याम्पमा प्लास्टिक तथा गोलटिनका फोहरहरु रहेका थिए । विगत तीन बर्षदेखि सरसफाइ नगरेको सो क्षेत्रलाई यसबर्ष सरसफाइ गरिएको सामागाउँकै मिङमार लामाले जानकारी दिए । सरसफाइ कार्यक्रमका लागि यसबर्ष नेपाल पर्वतारोहण संघबाट पनि केही आर्थिक सहायता प्राप्त भएको उनले बताए ।

प्रत्येक वर्ष मनास्लु आरोहण गर्न करिब डेढ सय जनाको संख्यामा आरोहीहरु आउने गरेको मनास्लु संरक्षण क्षेत्र आयोजनाका प्रमुख राजकुमार गुरुङले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.