एक महिनामै पोकेमनगोले कमायो २५ करोड डलर

एक महिनामै पोकेमनगोले कमायो २५ करोड डलर

काठमाडौं: एक महिनाअघिमात्र सार्वजनिक गरिएको मोबाइल गेम 'पोकेमन गो' ले २५ करोड अमेरिकी डलर आम्दानी गरेको छ । पोकेमन गोले एक महिनाको अवधिमा उक्त रकम आम्दानी गरी विश्व गेमको दुनियाँमै नयाँ रेकर्ड कायम गरेको हो ।

मार्केट रिसर्च कम्पनी 'युगोभ रिपोर्स' ले पोकेमन गोका ५० हजार खेलाडीलाई सहभागी बनाई गरेको सर्वेक्षणअनुसार २० प्रतिशतले पोकेमन गोको एप्समा पैसा खर्च गर्ने गरेका छन् । युगोभका अनुसार यो गेमको एप्सका लागि २६ करोड आठ लाख अमेरिकी डलर भुक्तानी भइसकेको छ । बेलायतमा मात्र एक करोड मानिसले यो गेम खेल्न पैसा तिरेका छन् ।

अमेरिकाका २९ प्रतिशत र जर्मनीका २० प्रतिशत मानिसले यो गेम खेल्न एप्समा पैसा खर्च गरेका अध्ययनले जनाएको छ । यसले अबको केही अवधिमा नै एक अर्ब अमेरिकी डलरभन्दा बढीको कारोबार गर्ने अनुमान गरिएको छ ।

वास्तविक दुनियामा आधारित भएर गेमका रूपमा निर्माण गरिएको यसले स्मार्टफोनको लोकेसन प्रयोग गर्छ, जसका लागी प्रयोगकर्ताले जीपीएस अन गर्नुपर्ने हुन्छ । जीपीएस खोलेर गेम खेल्नुपर्ने भएकाले नै यसमा बढी पैसा खर्च भएको हो ।

केही दिन अघिमात्र यो गेम खेल्दा मोबाइलमा ३७ सय पाउन्डको बिल उठेपछि रियो ओलम्पिक खेलकुदमा सहभागी हुन ब्राजिल पुगेका जापानिज जिम्नास्टिक खेलाडी कोहेई उचिमुरा बेहोस भएको समाचार सार्वजनिक भइसकेको छ ।

रिलिज भएको एक सातामै ट्विटरका दैनिक प्रयोकर्ताको संख्यालाई उछिनेको पोकमेनगोले सामाजिक सञ्जालका साथै मोबाइल गेमको दुनियाँमा विभिन्न रेकर्ड तोडिसकेको छ । यसले एक साताको अवधिमा नै आइफोनको आईओएसमार्फत सबैभन्दा बढी डाउनलोड हुने एपको स्थान बनाएको थियो ।

रिलिज भएको एक सातामै ट्विटरका दैनिक प्रयोकर्ताको संख्यालाई उछिनेको पोकमेनगोले सामाजिक सञ्जालका साथै मोबाइल गेमको दुनियाँमा विभिन्न रेकर्ड तोडिसकेको छ ।

प्रयोगकर्ताले एपमा बिताउने समयका आधारमा समेत यसले ट्विटर, फेसबुक र ह्वाट्एपलाई पछि पारिसकेको छ । अहिले एन्ड्रोइड प्रयोगकर्ताले कम्तीमा ३४ मिनेट र आईओएस प्रयोगकर्ताले कम्तीमा ३१ मिनेट दैनिक यसमा बिताउने गरेको अन्तर्राट्रिय मिडिया टेक क्रन्चले उल्लेख गरेको छ ।

यो गेम अमेरिकामा नै सबैभन्दा ठूलो गेमको रूपमा स्थापित भइसकेको छ । यसले योभन्दा अघि ठूलो गेमको रूपमा स्थापित भएको 'क्यान्डीक्रस' का सक्रिय प्रयोगकर्ताको संख्यालाई पनि एक महिनामै जितिसकेको छ ।

एकपछि अर्को रेकर्ड बनाइसकेको पोकेमनगोलाई इरानले सुरक्षालाई देखाउँदै बन्द गरिसकेको छ । एसियाका अन्य देशले पनि यसलाई बन्द गर्न सक्ने अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

के हो पोकेमन गो ?

अमेरिकाको स्थापित कम्पनी 'नियान्टिक' ले निर्माण गरेको यो गेम वास्तविक दुनियामा आधारित गेम हो । यो गेम खेल्ने क्रममा कति प्रयोगकर्ता हराएको समेत समाचार सार्वजनिक भएको छ । सुरुमा बेलायत, अमेरिका, नेदरल्यान्ड्स र युरोपका केही मुलुकमा रिलिज भएको पोकेमन गो अहिले विश्वका ७५ वटा देशमा रिलिज भइसकेको छ ।

एसियन मुलुकमा यो गेम सार्वजानिक हुन बाँकी रहँदै यसले विभिन्न रेकर्ड राखिसकेको छ । नेपाल, भारतजस्ता देशमा यो गेम आधिकारिक रूपमा रिलिज भएको छैन । तर, अवैध डाउनलोड गरी खेल्ने प्रयोगकर्ता भने छन् । यो गेम स्थानीय लोकेसनमा आधारित भएर डिजाइन भएको छ ।

वास्तविक लोकेसनमा उपस्थिति नहुँदा सम्म पोकेमन गो स्टार र टार्गेट भेटिन्न । प्रयोगकर्ताले प्रयोग गरेको स्मार्टफोनको लोकेसनको आधारमा क्यामेरामार्फत यसले प्रयोगकर्तालाई वास्तविक दुनियाँसँग जोड्छ, जसले गर्दा प्रयोकर्ताले स्टार, अन्डा खोज्दै लामो दूरी पनि पार गर्नुपर्छ ।

गेममा प्रयोगकर्तालाई टार्गेट दिइएको हुनेछ । टार्गेट पार गर्न प्रयोकर्ताले वास्तविक लोकेसनमा गएर अन्डा कलेक्ट गर्नुपर्ने हुन्छ । पोकेमन गोले गुगल म्यापमा आधारमा सार्वजनिक स्थानलाई पोकेमन गो स्टोरका रूपमा राखेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.