टर्कीमा आत्मघाती हमला, ३० को मृत्यु
एजेन्सीः टर्कीको गजनीटेप सहरमा भएको एक हमलामा ३० जना मानिसको ज्यान गएको छ । ९० भन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ ।
टर्की सरकारले यो आक्रमणलाई ‘चरमपन्थी हमला’ को नाम दिएको छ । यो आत्मघाती हमला भएको टर्कीको गृहमन्त्रालयले जनाएको छ । टर्कीका उपप्रधानमन्त्री मेहमत सिमसेकले यो हमला बर्बरतापूर्ण रहेको बताएका छन् ।
गजनीटेपका गवर्नर अली येरलिकायाले टर्कीको साहिनवे सिल्लामा हमला भएको बताएका छन् । यो गजनीटेप सिरियाको सीमाभन्दा करिब ६४ किलोमिटर टाढा छ ।
प्रतिक्रिया दिनुहोस !
४