सिंगल सिमलाग्ने स्मार्टफोनमा यसरी प्रयोग गर्नुहोस दुईटा नम्बर
तपाईंले सिंगल सिम जाने स्मार्टफोन किनेपछि दुईटा नम्बर कसरी प्रयोग गर्ने भन्ने चिन्तामा हुनुहुन्छ । यदी त्यसो हो भने त्यो चिन्ताबाट मुक्त हुनुहोस । अब तपाईंले सिंगल सिमको स्मार्टफोनबाट दुईटा नम्बरको प्रयोग गर्नसक्नुहुन्छ ।
सिंगल स्मार्टफोनमा दुई नम्बर प्रयोग गर्नका लागि तपाईंले 'गुगल प्ले स्टोर'मा गएर एउटा एप इन्स्टल गर्नुपर्छ । त्यो एपको नाम हो 'TtxtMe' ।
इन्स्टल भएपछि त्यसमा मागिएको जानकारी अनुसार नाम, मोवाइल नम्बर, इमेललगायतका जानकारी भर्नुहोस् ।
अब तपाईंले फरक नम्बरबाट म्यासेज गर्न चाहनु भयो भने त्यो एपको माथि रहेको म्यासेज आइकनमा ट्याप गर्नुहोस । त्यसपछि सम्पर्क नम्बर छानेर म्यासेज लेख्नुहोस् र पठाउनुहोस् ।
बेग्लै नम्बरबाट फोन गर्नका लागि एपको माथि रहेको फोन आइकनमा ट्याप गर्नुहोस् । त्यसपछि तपाईंले आफूले चाहेको नम्बरमा डायल गर्न सक्नुहुन्छ ।