स्थानीयले नै बन्द गराए बीपी राजमार्ग

स्थानीयले नै बन्द गराए बीपी राजमार्ग

सिन्धुलीः प्रहरीले रुट परमिट विनाका सवारी साधन सञ्चालनमा रोक लगाउँदा आफुहरुलाई मार्का परेको भन्दै स्थानीय र यातायात ब्यवासायीले सिन्धुलीको खुर्कोटस्थित वीपी राजमार्ग अबरुद्ध गरेका छन् ।

गत बिहीबारबाट प्रहरीले रुट परमिट विनाका सवारी साधनहरुलाई विपी राजमार्ग, मध्यपहाडी लोकमार्ग र जिल्लाका ग्रामिण क्षेत्रमा सञ्चालनमा रोक लगाएको विरोधमा स्थानीय र यातायात ब्यावसायीहरुले सडक अबरुद्ध गराएका हुन् ।

सडकमा सयौंको संख्यामा जम्मा भएका बन्द कर्ताहरुले सडक अबरुद्ध गर्दा विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग हुँदै राजधानी काठमाडौं भित्रने र बाहिरीने हजारांै सवारी साधनहरु दुई घण्टादेखि सडमकै अलपत्र परेका छन् ।

बन्दकर्ताले खुर्कोटबाट सिन्धुलीमाढी हुँदै तराई भित्रने र मध्यपहाडी लोकमार्ग हुँदै, उदयपुरको घुर्मी, ओखलढुङ्गा, सोलुखसम्बु लगायतका क्षेत्रमा जाने आउने सवारी साधनहरु रोकेका छन् । यस्तै रामेछाप तथा दोलखा जाने आउने सवारी साधनसमेत बन्दमा परेका छन् ।

रुट परमिट विनाका सवारी साधन सञ्चालन नहुँदा स्थानीयले आवत जावत गर्न सिट नपाएको थोरै संख्यामा रुट परमिट भएका सवारी साधनले खुर्कोट तथा मध्यपहाडी लोकमार्ग आसपासका स्थानीयलाई नचढाउने गरेको लगायतका उनीहरुको आरोप छ ।

ग्रामिण क्षेत्रका बस चार दिनदेखि बन्द

ग्रामिण क्षेत्रमा सञ्चालन हुने बसहरु चार दिनदेखि ब्यावसायीले सञ्चालनमा अबरुद्ध गर्दा यात्रुहरुलाइ सास्ती भएको भन्दै ग्रामिण क्षेत्रमा पनि रुटपरमिट भएका सवारी साधन सञ्चालन गर्नु पर्ने, खुर्कोटलाई उचित सिट छुट्याउनु पर्ने लगायतको माग गरेका छन् । आफ्ना मागहरु पुरा नभएसम्म सडक अबरुद्ध गरि रहने स्थानीयले जनाएका छन् ।

स्थानीयको माग जायज भएपनि सडक अबरुद्ध गर्ने कार्य गैर कानुनी भएको प्रहरीले जनाएको छ । स्थानीयले अबरुद्ध गरेको सडक खुलाउने प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नावय उपरिक्षक श्यामकुमार सारुमगरले बताए ।

'अबरुद्ध सडक खुलाउन अनुरोध गरेका छौं,' सारुमगरले भने, 'अटेर गरे वल प्रयोग गरेर भएप्नि सडक सञ्चालन गरिन्छ ।' अबरुद्ध सडक खुलाउन जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट शसस्त्र र नेपाल प्रहरीको थप टोली खुर्कोट तर्फ गएको पनि उनले जनाए ।

जिल्लाबाट सञ्चालन हुने अधिकांस ठुला तथा साना सवारी साधनको रुट परमिट छैन् । स्थानीय प्रशासनले सडकको अवस्था अनुसार ठुला सवारी साधनलाई सञ्चालनको रोक लगाउनु परेको भन्दै छ चक्केमाथीका ट्रक तथा १६ सिटे माथीका बसहरुलाई विपी र मध्यपहाडी लोकमार्गमा सञ्चालनमा यस अघिनै रोक लगाएको थियो ।

तर, केही दिन अघि कार्भेमा भएको बस दुर्घट्ना पछि यातायात व्यवस्था विभाग र गृहमन्त्रालयले रुट परमिटि विनाका सवारी साधन सञ्चालनमा रोक लगाएपछि जिल्लामा पनि प्रहरी र ट्राफिक प्रहरीले अनुमति विनाका सवारी साधनलाई सञ्चालनमा रोक लगाएका छ ।

प्रहरीले रुट परमिट नभएका सडकमा कुनै पनि सवारी साधन सञ्चालनमा रोक लगाएपछि विहिबारदेखी जिल्लाका ग्रामिण क्षेत्रका साथै विपी र मध्यपहाडी लोकमार्गका यातायातका साधनहरु सञ्चालन भएका छैनन् ।

रुट परमिट विनाका सावारी साधनलाई सिन्धुलीको माढी र नेपालथोबाटै फर्काउने र आवश्यक कारबाही गर्ने गरेको प्रहरीले जनायो । प्रहरीले रुट परमिट विना सञ्चालन गरिएका २६ वटाबढी सावारी साधानलाई समाएर कारबाहीको लागी प्रक्रिया अघि बढाएको पनि जनाएको छ ।

प्रयाप्त सवारी साधनहरु सञ्चालन हुन नसक्दा ग्रामिण क्षेत्रका सर्वसाधरणलाई सास्ती भएको छ । उता मध्ये पहहाडी लोकमार्ग निर्माणाधिन भएका कारण हाल त्यस क्षेत्रबाट सञ्चालन हुने कुनै पनि सवारी साधनले रुटपरमिट पाउन नसकेपछि विहिबारबाट सबै प्रयारका यातायातका साधनहरु ठप्प छन् ।

लोकमार्गमा अनुमति विना सार्वजनीक यातायातका साधनहरु सञ्चालन गर्न नदिने भन्दै सिन्धुलीको खुर्कोट र उदयुरको घुर्मीमा प्रहरीले रोकेपछि चारदिनदेखी सवारी साधन र यात्रुहरु अलपत्र परेका छन् । खुर्कोट हुँदै उदयपुर पुग्ने र उदयपुरबाट खुर्कोट हुँदै काठमाण्डौं भित्रने सवारी साधनहरु आइतबारबाट महोत्तरीको बर्दीबास हुँदै विपी राजमार्गबाट छिटफुट मात्रमा सञ्चालन गर्न थालिएको छ ।

यसरी झण्डै एक सय किलोमिटर बढी दुी पारगर्दै महेन्द्र राजमार्गबाट वीपी राजमार्ग प्रबेश गर्दा यात्रुहरुले भाडादरमा समेत बढी तिर्नु पर्ने बाध्यता आएको जनाएका छन् । ब्यावसायीहरुले यात्रुहरुसंग थप पाँच सय भाडा असुल गर्ने गरेको एक यात्रुले जनाए । यस अघि घुर्मि काठमाण्र्डौंको भाडा एक हजार थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.