चीनमा कार्यस्थलमा हुने दुर्घटना घट्यो

चीनमा कार्यस्थलमा हुने दुर्घटना घट्यो

बेइजिङ:  चीनमा कल कारखाना वा अन्य कार्यस्थलमा हुने गरेका दुर्घटनामा पछिल्ला वर्षहरुमा उल्लेखनीयरुपमा ह्रास आएको छ। चीनमा खानी मजदुरहरुको निधन एक ठूलो समस्याका रुपमा रहेको छ। हाल पनि कोइला खानीमा हुने गरेका दुर्घटनाले ठूलो समस्या सिर्जना गर्ने गरेको छ।

यसै कारणले पनि चीन सरकारले कार्यस्थलहरुमा सुरक्षित मापदण्डहरुको लागू गर्ने गरेको छ। पछिल्ला केही वर्षहरुमा यो मापदण्डलाई सबै कार्यस्थलमा अनिवार्य गरिएको छ।

यसै मापदण्डको पालनाकै कारण चीनमा पछिल्ला वर्षहरुमा यसरी उद्योग, कल कारखाना वा खानीहरुमा कामगर्ने मजदुरहरुको कार्यस्थलमा हुने गरेको दुर्घटना र मृत्युको संख्यामा कटौती आइरहेको बताइएको छ।

कार्यक्षेत्रमा पालना गरिनुपर्र्ने सुरक्षा मापदण्डको लागू गरी त्यसको अनुगमनमा कडाई गर्न सुरक्षित कार्यस्थल राज्य प्रशासनको नै स्थापना गरी सोही प्रशासनमार्फत यस्ता मापदण्डहरु लागू गर्ने गरिएको समाचारमा जनाइएको छ।

सन् २०१५ मा पनि वर्षभरिमा करिब दुई लाख ८१ हजारवटा दुर्घटना कार्यस्थलमै भएको थियो। जसका कारण करिब ६६ हजार नागरिकको ज्यान गएको थियो।

यो सङ्ख्या बिगतका वर्षहरुको तुलनामा थोरै हो। सन् २०१० मा मात्र पनि यसरी कार्यस्थलमा भएका दुर्घटनाहरुको सङ्ख्या तीन लाख ६३ हजार रहेको थियो।

ती दुर्घटनाहरुमा परी सन् २०१० मा करिब ८० हजार नागरिकको ज्यान नै गएको थियो । मारिनेमा धेरैजसो खानी मजदुरहरु रहेका पनि सो तथ्याङ्कमा उल्लेख गरिएको छ।

यसरी हेर्दा कार्यस्थलमा हुने दुर्घटनामा २२.५ प्रतिशत कमी आएको छ भने मृत्युमा पनि १६.८ प्रतिशतले कमी आएको सो तथ्यांकमा उल्लेख छ। सन् २०१५ मा करिब ३८ वटा ठूला दुर्घटना भएका थिए र यसका कारण ७६८ जनाको ज्यान गएको थियो।

यसको तुलनामा सन् २०१० मा भने कम्तीमा पनि ८५ वटा ठूला दुर्घटना भएका थिए र एक हजार ४४० जनाको ज्यान गएको थियो।

उक्त प्रशासन कार्यालयले आइतबार दिएको जानकारी अनुसार सुरक्षित मापदण्डको लागू गरेको कारणले नै सो दुर्घटना र मृत्यु घटेको हो। रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.