उखुबारीमा दुर्इ बालबालिका मृत फेला

उखुबारीमा दुर्इ बालबालिका मृत फेला

भीमदत्तनगर: कञ्चनपुरको बेलौरी नगरपालिका–१४ भुडास्थित राना टोलमा दुई बालबालिको रहस्यमय मृत्यु भएको छ।

इलाका प्रशासन कार्यालय बेल्डाँडीका अनुसार स्थानीय रामलाल चौधरीका चार वर्षीय छोरा दिपेश र सात वर्षीया छोरी जस्मीनको शव मृत अवस्थामा उखुबारीमा भेटिएको हो। छोराछोरीलाई विद्यालय पुर्याउन हिँडेकी रामलालकी २४ वर्षीया श्रीमती बस्नती नजिकैको उखुबारीमा बेहोस अवस्थामा भेटिएकी छिन्।

विद्यालय छुट्टी भइसकेपछि पनि श्रीमती र बालबालिका घर नफर्केपछि रामलाल उनीहरुको खोजीमा निस्किएका थिए। विद्यालयमा शिक्षकले बालबालिका उपस्थित नभएको बताएपछि खोजी गर्ने क्रममा श्रीमती, छोरा र छोरी उखुबारीमा भेटिएको प्रहरीले जनाएको छ।

बेल्डाँडी प्रहरीका अनुसार रामलालका छोरा मृत तथा श्रीमती र छोरी बेहोस अवस्थामा फेला परेका थिए। छोरी जस्मीनको उपचारका क्रममा स्थानीय कलकत्ता स्वास्थ्य चौकीमा मृत्यु भएको बताइएको छ। श्रीमती बसन्तीको कैलालीको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उखुबारीमा विषादीको बोतल भेटिएकाले घटना थप रहस्यमय बनेको प्रहरीले बताएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.