पशुपति भ्रष्टाचारमा १४ करोड जरिबाना, अधिकांशलाई सफाइ

पशुपति भ्रष्टाचारमा १४ करोड जरिबाना, अधिकांशलाई सफाइ

काठमाडौं: विशेष अदालतले पशुपति विकास कोषले सञ्चालन गरेको काठमाडौं गोठाटारस्थित बालुवाखानी उत्खननमा भ्रष्टाचार गरेको अभियोगमा ठेकेदार बच्चुराम दाहाललाई १४ करोड ४५ लाख ४५ हजार दुई सय रुपैयाँ जरिबानाको फैसला सुनाएको छ ।

मुद्दामा अधिकांशलाई अभियोगबाट सफाइ दिँदै बिगोको अनुपातमा ठेकेदारलाई समेत निकै कम जरिबाना भएको भन्दै अख्तियारका अधिकारीले गम्भीर असन्तुष्टि जनाएका छन् । यस्तै अर्का ठेकेदार मीठाराम दाहाललाई १४ लाख २६ हजार रुपैयाँ जरिबाना सजाय भएको छ । अख्तियारले बच्चुरामसँग जेलसजायसहित ३८ करोड ३८ लाख ३७ हजार आठ सय ३४ रुपैयाँ हानिनोक्सानीको बिगो दाबी गरेको थियो ।

यस्तै मीठारामसँग तीन करोड तीन लाख ४० हजार रुपैयाँ बिगो भराउन माग गरिएको थियो । अदालतबाट जरिबानाको सजाय भए पनि उनीहरूलाई जेल सजाय गरिएको छैन । हानिनोक्सानीबापतको बिगो निकै न्यून कायम गरिएपछि अख्तियारका अधिकारी आश्चर्यमा परेका छन् ।

भ्रष्टाचारमा संलग्नताको अभियोगमा मुद्दा चलाइएका कोषका तत्कालीन सदस्यसचिव एमालेका निर्मल कुइँकेल, कांग्रेसका सुशील नाहटा, कोषका उपनिर्देशक राजकुमार रेग्मी, स्थानीय विकास अधिकारी महेन्द्रलाल श्रेष्ठ, गोपालप्रसाद पराजुलीसहित सातजनाले भने सफाइ पाएका छन् ।

उनीहरूलाई पनि हानिनोक्सानीको फरकफरक बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐन २०५९ अनुरूप जरिबाना र सजाय माग गरिएको थियो । अवैध रूपमा बालुवाखानी उत्खनन गरी बिक्रीवितरण गरेको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

'सबैलाई सजायबाट फुर्सद दिलाउनेतर्फ फैसला प्रेरित देखिन्छ । अरूलाई जोगाएर ठेकेदारलाई मात्र जरिबाना गरेजस्तो देखाइएको छ', अख्तियारका एक अधिकारीले भने, 'फैसलामा कतै पनि चित्त बुझाउने ठाउँ छैन । अदालतको सहयोगबिना भ्रष्टाचार नियन्त्रण गर्न सम्भव छैन ।' ती अधिकारीले निकै लामो मेहनत निष्फल भएको गुनासो गर्दै फैसलाको पूर्ण पाठ आएपछि त्यसका आधारलाई खण्डन गर्दै सर्वोच्चमा पुनरावेदन गर्ने पनि बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.