विनोद चौधरी ‘एसियन म्यान अफ द इयर’ बाट सम्मानित

विनोद चौधरी ‘एसियन म्यान अफ द इयर’ बाट सम्मानित

काठमाडौंः चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी यस वर्षको ‘एसियन म्यान अफ द इयर’ अवार्डबाट सम्मानित भएका छन् । नेपालमा गत वर्षको विनाशकारी भूकम्पपछि चौधरीको नेतृत्वमा सञ्चालित मानवीय र परोपकारी कार्यको सम्मानस्वरूप अमेरिकास्थित मानवतावादी संस्था ‘वी केयर फर ह्युम्यानिटी’ ले उक्त अवार्डबाट चौधरीलाई सम्मान गरेको हो ।

‘वी केयर फर ह्युम्यानिटी’ ले आप्mनो तेस्रो शिखर सम्मेलन तथा चौथो ‘ग्लोबल अफिसियल्स अफ डिग्निटी अवार्ड’ का अवसरमा शुक्रबार आयोजित कार्यक्रममा चौधरीलाई उक्त सम्मान प्रदान गरेको हो । उक्त कार्यक्रममा चौधरीसँगै मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, भारत तमिलनाडुका मुख्यमन्त्री जयललिता, युगोस्लाभियाका चौधौं राष्ट्रपति स्टेपन मेसिक, केन्याका दसौं उपराष्ट्रपति स्टेफन कालोन्जो मुस्योका र इक्वेडरका पूर्वराष्ट्रपति रोजालिया आर्टिगा पनि विभिन्न विधामा सम्मानित भएका छन् ।

चौधरी फाउन्डेसनले २०७२ को विनाशकारी भूकम्पपश्चात् पहिलो चरणमा तत्काल राहतका कार्यक्रम सम्पन्न गरी पीडितका लागि ट्रान्जिसनल सेल्टर निर्माण गरेको थियो । फाउन्डेसनले भूकम्प प्रभावित क्षेत्रमा विद्यालय भवन निर्माणलगायत कार्य सञ्चालन गरिरहेको छ ।

हाल फाउन्डेसनको आर्थिक स्वावलम्बन, महिलाको सामाजिक स्तरोन्नति तथा आत्मनिर्भरता र युवाको सीप विकासका लागि भूकम्प प्रभावित क्षेत्रमा ‘सीजी सीप शिक्षा’ र ‘सीजी उन्नति’ परियोजना सञ्चालनमा रहेको फाउन्डेसनले जनाएको छ ।

यसका अतिरिक्त ग्रामीण क्षेत्रमा स्थानीय सीप र ज्ञानको उपयोगका साथ उद्यमशीलता तथा व्यावसायिकता प्रवद्र्धनका लागि ‘नेपाल सोसल बिजनेस’ का कार्यक्रम पनि चौधरी फाउन्डेसनमार्फत सञ्चालनमा छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.