पम्फा बनकरियालाई पञ्चकन्या ग्रुपको सहयोग

   पम्फा बनकरियालाई पञ्चकन्या ग्रुपको सहयोग

 काठमाडौंः पञ्चकन्या ग्रुपले मकवानपुर जिल्ला हाँडीखोला गाविस वडा नम्बर ७ की छात्रा पम्फा बनकरियालाई उच्च शिक्षा अध्ययन गर्न एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

देशकै लोपोन्मुख र पिछडिएको बनकरिया जातिकी पम्फालाई उनको शिक्षामा सहयोग पुगोस् भनेर संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उनलाई सहयोग गरेको जनाएको छ । उनले २०७२ सालको एसएलसी परीक्षा दिई सो जातिबाटै एसएलसी परीक्षा पास गर्ने पहिलो छात्रा भएकी छन् ।

पम्फालाई एसएलसी परीक्षा उत्तीर्ण गरेपश्चात् उच्च शिक्षा अध्ययनका लागि आर्थिक अभाव देखिएको थियो । उनले प्राविधिक शिक्षा अध्ययन गर्ने इच्छाले नवलपरासीस्थित कालिका मेडिकल एन्ड टेक्निकल कलेजमा छात्रवृत्तिका लागि प्रवेश परीक्षा दिएकी थिइन् ।

तर वैकल्पिकमा नाम निस्केकोले छात्रवृत्तिको सुनिश्चितता नभएको र सरकारले पनि पिछडिएको समुदायलाई सहयोग नगरेको उनले बताएको कम्पनीले जनाएको छ ।

उनको यस्तो परिस्थितिलाई ध्यान दिई पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वलकुमार श्रेष्ठले लोपोन्मुख जातिको उत्थानका साथै गरिबीका कारण पढ्नबाट वञ्चित पम्फा बनकरियाको लागि आर्थिक सहयोग उपलब्ध गराएको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.