वृद्धाश्रमलार्इ‌‌‍ लायन्सको सहयोग

वृद्धाश्रमलार्इ‌‌‍ लायन्सको सहयोग

काठमाडौंः  लायन्स क्लब अफ विराटनगर एक्जुक्युटिभले मोरङको टंकीसिनबारी–३ स्थित महिला जागृति तथा वृद्धा श्रमलाई निर्माण गरिदिएको भवन हस्तान्तरण गरिएको छ ।

आइतबार एक कार्यक्रमका बीच मोरङका प्रमुख जिल्ला अधिकारी तोयम राया र लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ ए वानका डिस्ट्रिक गभर्नर कुमारराज सुवेदीले वृद्धा श्रमलाई नवनिर्मित भवन हस्तान्तरण गरेका छन् ।

१३ लाख रुपैयाँ लागतमा सभाहल निर्माण गरेर वृद्धा श्रमलाई हस्तान्तरण गरिएको क्लबले जनाएको छ । १८ फिट चौडाइ र ३८ फिट लम्बाइको उक्त भवन लायन्स क्लब एक्जक्युटिभको पहलमा विराटनगर निवासी हरिप्रसाद वंशल र मनोज अग्रवालले आफ्ना पूर्वजको स्मृतिमा निर्माण गरिदिएका हुन् ।

नवनिर्मित भवनमा वृद्धा श्रमका आश्रितलाई बसीबियालो गर्न र भजनकीर्तन गर्न सहज हुने आ श्रम सञ्चालक भुवनेश्वरी आचार्यले बताइन् । कार्यक्रममा लायन्स गभर्नर सुवेदीले मानव सेवाका लागि लायन्सकर्मी सधैं सक्रिय रहेको बताए ।

उनले सेवा नै धर्म हो भन्ने मान्यताअनुसार लायन्सले आफ्ना गतिविधि सञ्चालन गर्दै आएको जनाए । लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ ए वानका फस्ट भाइस गभर्नर लीलाकुमार ढुंगेलले लायन्सकर्मी सधैं समाजसेवामा सक्रिय हुने गरेको बताए ।

लायन्सकै सहयोगमा मोरङको मधुमल्लामा बाढीबाट विस्थापित ५५ परिवारलाई आइतबार नै राहत सामग्री पनि हस्तान्तरण गरिएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.